घरघरमा तरकारी पुर्‍याउदै सरकार

काठमाडौं। सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले उपत्यकावासीको घरघरमा तरकारी पुर्‍याइने दाबी गरेका छन्। उनले काठमाडौंका छिमेकी जिल्लामा नबिकेका तरकारी सम्बन्धित जिल्ला प्रमुखसँगको सहकार्यमा उपत्यकावासीको घरसम्मै पुर्‍याउने बताए। उनले भने, "धादिङमा कुहिन लागेको तरकारी ल्याएर काठमाडौंवासीका घरघरमा तरकारी र खाद्य सामाग्री पुर्‍याउने योजना बनिरहेको छ।"

सम्बन्धित सामग्री

३२ वर्षदेखि डोकोमा तरकारी बेच्दै स्याङ्जाकी लक्ष्मी खनाल

३ जेठ, स्याङ्जा । स्याङ्जाको चापाकोट–९ सेराकी लक्ष्मी खनाल डोकोमा तरकारी बोकेर घरखर्च गर्न थालेको ३२ वर्ष पुग्यो । आफूले उत्पादन गरेका तरकारी गाउँ तथा बजारका घरघरमा पुर्‍याएर बिक्री गर्ने उनको दैनिकी निकै लामो छ …

गर्मीयाममा कौसी खेती गर्दा के कुरामा ध्यान दिने ?

जनसंख्या वृद्धिसँगै सहरमा खेतीयोग्य जमिन नासिंदै गएको छ । यस्तो बेला घरघरमा कौशी खेतीको प्रचलन बढेको छ । कौशीमा तरकारी उब्जाएर उपभोग गर्दा पैसाको पनि बचत भइरहेको छ । बारीमा जस्तै कौशीमा पनि मौसम अनुसारको तरकारी उब्जाउन सकिन्छ । अहिले गर्मीको मौसम छ । यसबेला आफूलाई मन लागेका तरकारी आफ्नै घरको कौशीमा उब्जाएर खान सकिन्छ […]

घरघरमा धारा पुगेपछि ढुंग्रेका स्थानीय खुशी

चितवन । घरघरमा धारा पुगेपछि चितवनको इच्छाकामना गाउँपालिका–६ ढुंग्रेका बासिन्दा खुशी भएका छन् । पुस्तौंदेखि खानेपानी जोहो गर्न घण्टौं टाढा पुग्नुपर्ने सो गाउँका बासिन्दा घरघरमा धारा पुगेपछि खुशी भएका हुन् ।  ढुंग्रे गाउँ र आसपासका गाउँका बासिन्दाले पुस्तौंदेखि खानेपानीको समस्या झेल्दै आएका थिए । श्री माध्यमिक विद्यालय ढुंग्रेका प्रधानाध्यापकसमेत रहेका स्थानीय विश्वनाथ गुरुङले पुस्तौंदेखि रहेको खानेपानीको समस्या हल भएकोमा स्थानीय सरकारलाई धन्यवाद दिए । पुस्तौंदेखि घण्टौं लगाएर कुवाबाट पानी भरेर उपभोग गरिरहेका यहाँका बासिन्दाले स्थानीय सरकार आएसँगै घरघरमा धारा आउँदा आफूहरु खुशी भएको बताए । उनका अनुसार यसअघि यहाँ प्रत्येक घरका एक जनाको काम नै दिनभर पानी जोहो गर्नमा लाग्नुपर्ने अवस्था थियो ।   उनले भने, ‘एक गाग्री पानी लिन घण्टौं लगाएर धाउनु पर्ने बाध्यता हटेको छ, एक जनाको काम नै बिहान ४ बजेदेखि दिनभर पानीको जोहो गर्नुपर्ने हुन्थ्यो पानीको धारा घरघरमा आएपछि गाउँलेले सुखको अनुभूति गरेका छन् ।’ वर्षौदेखि आफूहरूले पहल गरिरहेपनि स्थानीय सरकार आएसँगै पूरा भएको उनको भनाइ छ । गाउँमा खानेपानीको अभाव हटेपछि समयको बचत हुँदा मेलापात घरधन्दा गर्नसमेत सजिलो हुन थालेको स्थानीयवासीको भनाइ छ । आयोजना उपभोक्ता समितिका अध्यक्ष डिलकुमार गुरुङका अनुसार ढुंग्रे तुन्तेष खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत ८० घरधुरी रहेका  छन् । सो आयोजनाबाट ५१६ जना जनसंख्या लाभान्वित भएका छन् । सो आयोजना ८९ लाख ८२ हजार २९६ लागतमा बचत भएको उनले  बताए ।  गाउँपालिकाको ७८ लाख ६४ हजार स्थानीय उपभोक्ताबाट ११ लाख १८ हजार २९६ बराबरको श्रमदानमा सम्पन्न भएको हो । उक्त आयोजनामा वाइनटुवाटर नेपालको प्राविधिक सहयोग रहेको छ । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले स्थानीय सरकारले एकघर एक धारा अभियानलाई तीव्र पारिएको बताइन् । गतवर्ष मात्र मोटरबाटो पुगेको सो गाउँमा घरघरमा पानीको धारा पुगेपछि  तरकारी खेती गर्न समेत स्थानीयवासीलाई सहज भएको अध्यक्ष गुरुङको भनाइ छ । गाउँगाउँमा मोटरबाटो र पानी धारा पुगेसँगै व्यवसायिक खेतीतर्फ स्थानीयवासीलाई आकर्षित गर्न कृषि तालिमका साथै अनुदानका कार्यक्रमसमेत सञ्चालन गरिरहेको उनको भनाइ छ । जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामना विशेष गरी तरकारी तथा फलफूल खेतीका लागि उर्वर भूमि मानिन्छ । रासस

ढुंग्रेका घरघरमा खानेपानीका धारा

चितवन । घरघरमा धारा पुगेपछि चितवनको इच्छाकामना गाउँपालिका–६ ढुंग्रेका बासिन्दाको वर्षौंदेखिएको सास्ती हटेको छ । पुस्तौंदेखि खानेपानी जोहो गर्न घन्टौं टाढा पुग्नुपर्ने सो गाउँका स्थानीय घरघरमा धारा पुगेपछि खुसी भएका छन् । ढुंग्रे गाउँ र आसपासका बासिन्दाले पुस्तौंदेखि खानीपानीको समस्या झेल्दै आएका थिए । श्री माध्यमिक विद्यालय ढुंग्रेका प्रधानाध्यापकसमेत रहेका विश्वनाथ गुरुङले पुस्तौंदेखि खानेपानीको समस्या हल भएकामा स्थानीय सरकारलाई धन्यवाद दिए ।   पुस्तौंदेखि घन्टौं लगाएर कुवाबाट पानी भरेर उपभोग गरिरहेका यहाँका बासिन्दा स्थानीय सरकारले घरघरमा धारा ल्याइदिएपछि खुसी भएको उनले बताए । उनका अनुसार यसअघि यहाँ प्रत्येक घरका एक जनाको कामै दिनभर पानी जोहो गर्नमा लाग्नुपर्ने अवस्था थियो ।   गुरुङले भने, ‘एक गाग्री पानी लिन घन्टौं लगाएर धाउनुपर्ने बाध्यता हटेको छ । एक जनाको कामै बिहान ४ बजेदेखि दिनभर पानीको जोहो गर्नुपर्ने हुन्थ्यो । पानीको धारा घर–घरका आँगनमै आएपछि गाउँलेले सुखको अनुभूति गरेका छन् ।’ वर्षांैदेखि पहल गरिरहे पनि स्थानीय सरकार आएपछि माग पूरा भएको उनको भनाइ छ ।   गाउँमा खानेपानी अभाव हटेपछि समयको बचत हुँदा मेलापात र घरधन्दा गर्नसमेत सजिलो हुन थालेको स्थानीय बताउँछन् । आयोजना उपभोक्ता समितिका अध्यक्ष डिलकुमार गुरुङका अनुसार ढुंग्रे तुन्तेप खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत ८० घरधुरी रहेका छन् । सो आयोजनाबाट ५१६ जनसंख्या लाभान्वित भएका छन् । आयोजना ८९ लाख ८२ हजार २९६ रुपैयाँ लागतमा सम्पन्न भएको हो । गाउँपालिकाको ७८ लाख ६४ हजार, स्थानीय उपभोक्ताबाट ११ लाख १८ हजार २९६ बराबरको श्रमदानमा आयोजना सम्पन्न भएको हो ।  उक्त आयोजनामा वाइनटुवाटर नेपालको प्राविधिक सहयोग रहेको छ । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले स्थानीय सरकारले एक घर एक धारा अभियानलाई तीव्र पारेको बताइन् । गत वर्ष मात्र मोटर बाटो पुगेको सो गाउँमा घरघरमा पानीको धारा पुगेपछि तरकारी खेती गर्नसमेत स्थानीयलाई सहज भएको अध्यक्ष गुरुङको भनाइ छ ।   गाउँ–गाउँमा मोटर बाटो र पानी धारा पुगेसँगै तरकारी खेतीतर्फ स्थानीयलाई आकर्षित गर्न कृषि तालिमका साथै अनुदानका कार्यक्रमसमेत सञ्चालन गरिरहेको उनले जानकारी दिइन् । जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामना विशेषगरी तरकारी तथा फलफूल खेतीका लागि उर्बर मानिन्छ । रासस

डोकोबाटै घरघरमा पुग्छ ताजा तरकारी

रोल्पा-रोल्पाको लुंग्री गाउँपालिका–१ पाङका ६७ वर्षिय रणबहादुर विष्ट आफैंले उत्पादन गरेको तरकारी डोकोमा राखेर दिनहुँ छिमेकी एवम गाउँलेको घर दैलोमा पु-याउँछन् ।उनका छिमेकी र नजिकका गाउँलेहरु अचेल तरकारी किन्न सुलिचौर झर्नुपर्दैन । सयौं रुपैयाँ गाडी भाडा तिरेर तरकारी किन्न सुलिचौर झर्नु पर्ने बाध्यताबाट मुक्ति पाएका उनीहरु आफ्नै गाउँमा उत्पादन हुने ताजा र स्वच्छ तरकारी खान […]

कोरोना महामारीका कारण भक्तपुरमा लाखौँको तरकारी नष्ट

असार ७, भक्तपुर । कोरोना महामारीका जारी गरिएको निषेधाज्ञाले भक्तपुरका किसानको लाखौँका तरकारी नष्ट भएको छ । खेतमा लगाएको काउली, बन्दा, फर्सीलगायतका तरकारी विक्री नभएपछि खेतमै कुहिएर खेर गएको हो ।  किसानले तरकारी विक्री गर्न नपाएपछि गाई भैसीँलाई खुवाउनु परेको र बाँकी धेरै तरकारीमाथि नै ट्रयाक्टरले जोतेर धान रोपाइँ गर्नुपरेको छ । चाँगुनारायण नगरपालिका–९ ताथलीका रोशन गिरीले पाँच रोपनी जग्गामा लगाएको काउली र बन्दा खेतमै कुहाउनु परेको बताए । गत वर्ष पनि यही पीडा भोगेको उनले यस वर्ष पनि गाईलाई खुवाएर बाँकी भएको तरकारी खेतमै कुहाएर मल बनाउनु परेको बताए । गाउँका किसानले निषेधाज्ञाका कारण भक्तपुर बजारसम्म बिक्रीका लागि तरकारी ल्याउन सकेनन् भने पहिला तरकारी लिँदै आएका व्यापारीले समेत तरकारी विक्री हुँदैन नल्याउनु भनेपछि खेतमै कुहाउनु परेको हो । ‘पाँच रोपनी जग्गामा काउली र बन्दा लगाएका थियौँ, बजार बन्द भएकाले हामीले गाउँबाट तरकारी बजार लान सकेनौँ, पहिला तरकारी दिँदै आएको व्यापारीले पनि नल्याउनु भन्यो’, गिरीले भने, ‘कतिपय काउली, बन्दा र फर्सी गाईलाई खुवायौँ, बाँकी भएको खेतमै कुहाएर धान रौप्यौँ तरकारी विक्री नहुँदा यस वर्ष रू. तीन लाख नोक्सान भयो ।’ तरकारीबाट गत वर्षको लकडाउनले रू. दुई लाख नोक्सान भएको र यस वर्ष मल र ज्यालाको पैसा पनि उठाउन नसकेको उनको गुनासो छ ।  स्थानीयवासी समिता गिरीको गुनासो पनि उस्तै छ । जग्गा भाडामा लिएर तीन रोपनीमा लगाएको तरकारी फलेपछि विक्री गर्न नपाएको उनी बताउँछिन् । उनी केही तरकारी विक्री गर्न थालेको बेलामा निषेधाज्ञा हुँदा तरकारी विक्री नहुँदा जग्गाको भाडा तिर्ने पैसा पनि नउठेको बताउँछिन् । स्थानीयवासीको घरघरमा काउली, बन्दा, फर्सी, बोडी फलाउने भएकाले गाउँमा पनि विक्री नहुने र कतिपय सित्तैमा बाँडेको उनको गुनासो छ । सूर्यविनायक नगरपालिका–१० चित्तपोलका राजुराम कार्कीको गुनासो पनि उस्तै छ । उनको गत वर्षको लकडाउनमा रू. तीन लाख नोक्सान भएको थियो । यो वर्ष रू. चार लाख नोक्सान भएको छ । तरकारी विक्री नहुँदा खेतमै कुहिएको गुनासो गर्दै उनले कोरोनाले गर्दा किसान मारमा परेको बताए । भक्तपुर नगरपालिका, सूर्यविनायकको सिपाडोल, नंखेल, चित्तपोल, चाँगुनारायणको ताथली, सुडाल, वागेश्वरीलगायतका क्षेत्रमा फलाइएको तरकारीले बजार नपाउँदा किसान मारमा परेका हुन् । नगरपालिकाले नोक्सानमा परेका किसानको पहिचान गरी बीउ र मलमा मात्रै राहतको व्यवस्था गर्न सके पनि किसानलाई सहज हुने उनीहरुको भनाइ छ । रासस

उपभाेक्ताकाे घरघरमा तरकारी पुर्‍याउँदै छन् भक्तरपुरका युवा

भक्तपुर : किसानको बारीमा तरकारी कुहिने र उपभोक्ताले खान नपाउने स्थिति भएपछि भक्तपुरका युवाहरु उपभोक्ताको घर घरमा तरकारी पुर्‍याउने काममा जुटेका छन्।  कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले मुलुकभर लकडाउनको घोषणा गरेपछि कृषि उत्पादनले बजार नपाउने तथा उपभोक्ताले खान नपाउने  स्थिति छ। तर युवाहरुल...

अनलाइनबाट घरमै फलफूल र तरकारी

बन्दाबन्दी (लकडाउन) चलिरहेको बेला खेतीफुडले अनलाइन अर्डरमा घरघरमा तरकारी उपलब्ध गराउन थालेको छ । डब्लूडब्लूडब्लू डट खेतीफुड डटकम मार्फत अर्डर गरेपछि तरकारी फलफूल घरमै आइपुग्छ । खेतीफुडले अर्गानिक र स्थानीय तरकारी घरघरमै पु¥याउने व्यवस्था गरेको हो ।