रुपन्देही । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको नवौँ राष्ट्रिय महाधिवेशन भोलि असोज २५ गते देखि कपिलवस्तुको शिवगढीमा सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले गर्ने कार्यक्रम रहेको सो पार्टीका नेता प्रकाश डुम्रेले जानकारी दिए । दिउँसो १२ बजे नवनिर्मित पार्टी केन्द्रीय कार्यालयमा विप्लवले सम्बोधन गर्ने कार्यक्रममा देशभरबाट प्रतिनिधि पर्यवेक्षक कपिलवस्तु […]
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को आठौं राष्ट्रिय महाधिवेशन तयारी पूरा भएको छ । साउन ७ गतेदेखि ललितपुरको गोदबरीस्थित सनराइज सभाहलमा हुने महाधिवेशनको तयारी पूरा भएको जिफन्टले जनाएको छ ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान) ले “शिक्षा विकासमा सार्थक साझेदारी : हिसानको योगदान र जिम्मेवारी” भन्ने मूल नाराका साथ आफ्नो आठौँ राष्ट्रिय महाधिवेशन तयारी अन्तिम चरणमा पुगेको बताएको छ । मुलुकभर सञ्चालित निजी शिक्षालयहरुकोे राष्ट्रव्यापी सञ्जाल भएको हिसानको राष्ट्रिय महाधिवेशन २०७८ साल चैत्र २५ र २६ गते काठमाडौँमा हुँदैछ । महाधिवेशनमा राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा नेपालमा शिक्षाको सबलीकरण र निजी क्षेत्रको योगदान भन्ने विषयमा एक दिवसीय ह
वीरगञ्ज (अस) । नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औं राष्ट्रिय महाधिवेशन तथा केन्द्रीय महिला उद्यमी समितिको २२ औं राष्ट्रिय महिला उद्यमी सम्मेलन तयारी पूरा भएको छ ।
महासंघले मंगलबार वीरगञ्जमा पत्रकार सम्मेलन गरी महाधिवेशन र सम्मेलनको तयारी पूरा भएको जानकारी दिएको हो । पहिलो पटक काठमाडौं बाहिर महासंघको महाधिवेशन सम्पन्न गर्न गइरहेको बताउँदै महासंघ अध्यक्ष श्यामप्रसाद गिरीले महाधिवेशनमा लघु, घरेलु तथा साना उद्योग र महिला उद्यमशीलता क्षेत्रमा सुधार गर्नुपर्ने र स्थापित गर्नुपर्ने सकारात्मक नीति नियम र कानुनबारे छफफल गरी निष्कर्षमा पुग्ने योजना रहेको बताए ।
महाधिवेशन प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन २६ गते वीरगञ्जस्थित टाउन हलमा उद्घाटन गर्ने कार्यक्रम तय भएको उनको भनाइ छ । महाधिवेशनवाट तीन वटै तहका सरकारले लघु, घरेलु तथा साना उद्योग क्षेत्रमा अवलम्बन गर्नुपर्ने सुधारका कार्यक्रम एवं नीतिगत सुधारका विषयमा सरकारको ध्यानाकर्षण गराउने र सुधारका लागि पहल गर्ने नेतृत्वसमेत चयन गरिने अध्यक्ष गिरीले बताए ।
गत वर्षसम्मको तथ्यांकमा हालसम्म मुलुकभर ४ लाख ९८ हजार लघु, घरेलु तथा साना उद्योग दर्ता भएका र करिब २ लाख ६२ हजारले नवीकरण अध्यक्ष गिरीले जानकारी दिए । अहिले मुलुकमा क्रियाशील करिब २ लाख ७० हजार हाराहारी रहेका उद्योगमा ८ हजार जति मझौला एवं ठूला उद्योग र ९५ प्रतिशतभन्दा बढी उद्योग लघु घरेलु तथा साना उद्योग रहेको उनले बताए ।
यस्ता उद्योगले अर्थतन्त्रमा कुल गार्हस्थ उत्पादनको ६ प्रतिशत अंश योगदान गरिरहेको बताउँदै उनले भने, ‘यसबाहेक झन्डै पाँच लाख परिवार अनौपचारिक रूपमा लघु उद्यम व्यवसायमा संलग्न रहेको अनुमान छ । यी सबैको गणना गर्दा लघु, घरेलु तथा साना उद्योगले कुल गार्हस्थ उत्पादनको झन्डै १३ प्रतिशत योगदान पुर्याइरहेका छन् ।’
‘झन्डै २७ लाख जनशक्तिलाई रोजगार उपलब्ध गराइरहेको यस क्षेत्रले मुलुकको निर्यातको ६० प्रतिशतभन्दा बढी अंशमा योगदान दिँदै आएको छ । यति हुदाहँुदै यो क्षेत्र अझै उपेक्षित रहिआएको छ । संघीय संरचनामा मुलुक प्रवेश गरेको अवस्थामा महासंघको २५ औं राष्ट्रिय महाधिवेशन र २२ औं केन्द्रीय महिला उद्यमी सम्मेलन आयोजना गरिरहेका छौं’, अध्यक्ष गिरीले भने ।
पत्रकार सम्मेलनमा महासंघका वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिंह, उपाध्यक्षहरू हरिहर थापा, सूर्य कँडेल, प्रकाश रावल, महासचिव डम्बरप्रसाद रेग्मी, कोषाध्यक्ष सत्यनारायण प्रजापति, महासंघ पर्सा शाखा अध्यक्ष हिरालाल साह कानुलगायत सहभागी थिए । नेपाल घरेलु तथा साना उद्योग महासंघ ०४७ सालमा स्थापना भएको लघु, घरेलु तथा साना उद्योगीको प्रमुख छाता संस्था हो । यसअन्तर्गत हाल ३२८ वटा पालिकामा पालिका संघ, ७७ वटै जिल्लामा जिल्ला संघ र ७ वटै प्रदेशमा प्रदेश संघ कार्यरत छन् ।
साथै, केन्द्रमा केन्द्रीय महिला उद्यमी समिति, प्रदेशमा प्रदेश महिला उद्यमी समिति, ६० वटा जिल्लामा जिल्ला महिला उद्यमी समिति र झन्डै ३०० पालिकामा पालिका महिला उद्यमी समिति कार्यरत छन् । झन्डै ४० हजार लघु घरेलु तथा साना उद्योगी महासंघ सदस्य छन् भने करिव १२ हजार महिला उद्यमी महिला उद्यमी सञ्जालमा जोडिएका छन् । महासंघमा २७ वटा वस्तुगत संघ संस्थागत सदस्यका रूपमा रहेका छन् भने एसोसिएट सहकारी र ऊर्जा क्षेत्र गरी थप २ हजार उद्योगी महासंघ सदस्य छन् ।
बुटवल – लामो समयदेखि रोकिएको नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल दलित संघको राष्ट्रिय महाधिवेशन रुपन्देहीमा हुने भएको छ। नेपाल दलित संघका केन्द्रीय अध्यक्ष मिन बिश्वकर्माले चैत ७ देखि रुपन्देहीमा महाधिवेशन हुने बताए । रुपन्देहीमा भेलाको आयोजना गरि महाधिवेशन तयारी समितिहरु गठन गरिएको छ । तयारी भेलालाई सम्बोधन गर्दै नेपाली कंग्रेस केन्द्रीय सदस्य एबम दलित दलित […]
चितवन । चितवनमा सत्तारुढदेखि प्रतिपक्षी दलसम्मका राजनीतिक गतिविधि बढ्दै गएका छन् । देशभरका विभिन्न दलका नेता तथा कार्यकर्ताको चितवन आउजाउ बढेपछि यहाँका पर्यटन व्यवसायी भने खुसी छन् । एमालेको मंसिर १० गतेबाट सुरु हुने महाधिवेशन, कांंग्रेसको जिल्ला अधिवेशन, नेकपा मालेको राष्ट्रिय महाधिवेशन चितवनमै हुने भएपछि थला परेको पर्यटन उक्सिने आसमा व्यवसायी रहेका हुन् ।
कोरोना कहरले शिथिल बनाएको पर्यटन व्यवसायलाई राजनीतिक चहलपहलले उकास्ने देखिएपछि उनीहरू उत्साहित भएका हुन् । हाल चितवनका सौराहा, नारायणगढका होटलमा पाहुनाको बाक्लो उपस्थिति देखिन थालेको छ । कतिपय होटलमा महाधिवेशन लक्षित कोठा बुकिङ, सोधपुछ हुने गरेको व्यवसायी बताउँछन् ।
जंगल सफारी लजका सञ्चालक एवं क्षेत्रीय होटल संघ सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरे राजनीतिक गतिविधि बढेसँगै सौराहामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको बताउँछन् । ‘अहिले हरेक दल चितवन केन्द्रित भएका छन्’, उनले भने, एमालेको महाधिवेशनले हामी थप उत्साहित छौं ।’
महाधिवेशन तयारीसँगै चितवनमा पार्टीका शीर्षस्थ नेता तथा कार्यकर्ताको सहभागिता दिनहुँ बढ्दै गएको उनले बताए । ‘कोरोना कहरपछि हाम्रा लागि यो ठूलो अवसर हो । महाधिवेशनमा आउने पाहुनलाई कसरी व्यवस्थित र सेवा दिन सक्छौं भन्ने विषयमा छलफलमा छौं,’ उनले भने ।
क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराई जिल्लामा विभिन्न दलका अधिवेशन, महाधिवेशनले पर्यटन क्षेत्र चलायमान हुँदै गएको बताउँछन् । चितवनको पर्यटनका लागि अवसर र चुनौती दुवै छ,’ उनले भने, ‘हामीले देशभर निःशुल्क पर्यटन प्रवद्र्धन गर्न पाउनेछौं भने अतिथिलाई दिने सेवामा कति सन्तुष्ट पार्छौं भन्ने हो ।’
पर्यटन क्षेत्र मात्र होइन, यहाँको कृषि उत्पादन, यातायात, हवाई उडानदेखि स–साना खाजा तथा चिया पसलमा पनि चहलपहल बढ्न थालेको भट्टराईको भनाइ छ । हाल महाधिवेशनमा आउने पाहुनालाई व्यवस्थित गर्न राजनीतिक दल, स्थानीय, पर्यटनसम्बद्ध संस्था र स्थानीयसंँग छलफल भइरहेको उनले जानकारी दिए ।
‘झन्डै १० वर्षपछि चितवनको पर्यटनका लागि अवसर जुटेको छ । यसले हामीलाई उत्साहित बनाएको छ,’ भट्टराईले भने । उनका अनुसार पाहुनालाई लक्षित गरी छुटका प्याकेज, स्वागत, सजावटका काम थालिएको छ ।
सौराहामा एमाले महाधिवेशनको मतदान प्रक्रिया र बन्दसत्र भए पनि नारायणगढका साना तथा ठूला होटल सबै प्याक हुने भएका छन् । नारायणगढको नारायणी किनारमा महाधिवेशन उद्घाटन हुने एमालेको पूर्वनिर्धारित कार्यक्रम छ । सोही कारण सौराहामा मात्र नभई चितवनका अन्य पर्यटकीय स्थल पटिहानी, मेघौलीलगायत क्षेत्र पनि चलायमान हुने व्यवसायीको आशा छ ।
होटल व्यवसायी महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष एवं होटल गंगोत्रीका प्रबन्ध निर्देशक दिनेशकुमार चुके कोरोनाले धराशयी भएको पर्यटनलाई राजनीतिक चहलपहलले ठूलो राहत मिल्ने बताउँछन् । ‘चितवनमा ४० वटा पर्यटकीय गन्तव्य छन् । यसको प्रर्वद्धन गर्न र चितवन चिनाउन पनि प्याकेज कार्यक्रम अपरिहार्य छ,’ उनले भने ।
एमाले महाधिवेशनमा सात वटै प्रदेशका नेता, कार्यकर्ता, प्रतिनिधि, पालिका प्रमुख र अन्य देश–विदेशबाट आउने अतिथिलाई व्यवस्थापन गर्न एमाले १० औं महाधिवेशन व्यवस्थापनका समिति पनि जुटिरहेको छ । महाधिवेशन मूल व्यवस्थापन समितिका सह–संयोजक एवं चितवन क्षेत्र नम्बर १ का सांसद सुरेन्द्र पाण्डेले महाधिवेशन तयारी र व्यवस्थापनका लागि जुटिरहेको जानकारी दिए । ‘अहिले खाने, बस्ने व्यवस्थापनका लागि होटल व्यवसायीसँग छलफल भइरहेको छ’, उनले भने, ‘हामीले प्रत्येक प्रदेशबाट आउने पाहुनाको सोही प्रदेशका नेतृत्वकर्तालाई जिम्मेवारी सुम्पेका छौं ।’
काठमाडौ। कार्यसमितिका सबै सदस्यहरूले राजीनामा गरेपछि रिक्त रहेको गैरआवासीय नेपाली संघ माल्टा राष्ट्रिय समितिको संयोजकमा हरिप्रसाद विकेलाई तोकिएको छ। संघकाअनुसार उनको संयोजकत्वमा ११ सदस्सीय राष्ट्रिय महाधिवेशन तयारी समिति गठन गरिएको छ। तयारी समितिको सदस्यसचिवमा ललित पाण्डे र सदस्यहरूमा द्रोणकुमार घिमिरे, बिसन गुरुङ्ग, गणेश क्षेत्री, देवेन्द्र खड्का, बिक्रम खनाल, अशोक गिरी, डिल्लीराम पाण्डे, चन्द्राकुमारी शाही र उपेन गिरी रहेका छन्।