पाल्पा पहिरो : मृतक तीन जनाकै पहिचान खुल्यो

पाल्पा–  पाल्पाको रिब्दीकोटमा गुडिरहेको जिपमाथि ढुंगा खस्दा मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ ।  मृत्यु  हुनेमा गुल्मीको रेसुङ्गा नगरपालिका–७, की ५० वर्षीया मनकला चुँदारा, गुल्मी प्रहरीमा कार्यरत प्रहरी सहायक हवल्दार तानसेन नगरपालिका–११, बन्दीपोखराका ४२ वर्षीय यमबहादुर बोहोरा र पोखरा महानगरपालिका–२५, हेम्जाका ३१ वर्षीय विनोद तिम्सिनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी […]

सम्बन्धित सामग्री

सिमलताल पहिरो : थप दुई शवको पहिचान खुल्यो

पहिरोले बगाएर त्रिशूलीमा झारेको २ बसका यात्रुमध्ये नवलपरासीको त्रिवेणीमा भेटिएका दुईवटा शवको पहिचान खुलेको छ ।

सिमलताल पहिरो : थप दुई शवको पहिचान खुल्यो

नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रवार पहिरोले बगाएको बसका यात्रु मध्ये नवलपरासीको त्रिवेणीमा भेटिएका दुईवटा शवको पहिचान खुलेको छ ।

उत्तराखण्ड पहिरो अपडेट : तीन नेपालीको पहिचान खुल्यो

काठमाडौँ । गत बिहीबार राति भारतको उत्तराखण्ड राज्यको रूद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी बेपत्ता भएकामध्ये तीन नेपालीको पहिचान खुलेको छ। कालीकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको पहिचान खुलेको हो। भारतको राजधानी नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीका अनुसार कालिकोट घर भई गौरीकुण्ड क्षेत्रमा काम गर्ने तीन जनाको उनीहरूका […] The post उत्तराखण्ड पहिरो अपडेट : तीन नेपालीको पहिचान खुल्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

हेवाखोलाको बाढीले कहाँ कति क्षति पुर्‍यायो ? बेपत्ता भएका सबैको पहिचान खुल्यो

पाँचथर । पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भई बग्ने हेवाखोलामा आएको बाढीमा परी बेपत्ता भएका पाँचै जनाको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बाढीमा परी हिलिहाङ गाउँपालिका–७ का ४५ वर्षीय तिलकुमार तामाङ, फिदिम नगरपालिका–११ का २८ वर्षीय सञ्जोग लिम्बू र फिदिम–५ का ५५ वर्षीय राजकुमार राई सम्पर्कविहीन छन् । उनीहरुलाई हेवाखोलाले हेवाखोला पुल क्षेत्रबाट बगाएको प्रहरीको अनुमान छ । यस्तै फिदिम –४ र हिलिहाङ–७ को सिमाना माझीटार तमोर दोभानबाट दुई जना बेपत्ता भएका छन् । स्थानीयवासी २८ वर्षीय आशिष माझी र २५ वर्षीया एलिसा माझी सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । बाढीले फिदिम–४ का रेशम कटुवालको दुईतले घर र मतान बगाएको छ ।  बाढीले याङवरक गाउँपालिका–२ फलैँचाका रामप्रसाद राईको एकतले घर, चन्द्र बेघाको दुईतले घर र एकतले मतान र कृष्ण बेघाको एकतले घर बगाएको छ । यहाँ मानवीय क्षति नभएको र बाँकी क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।  जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार हालसम्म बाढीले हेवाखोलामा रहेका चारवटा सडक पुल बगाएको छ । फिदिम–४ र हिलिहाङ–७ को सीमामा मेची राजमार्गको एक सडक पुल, तमोर करिडोर एक सडक पुल (बेलीब्रिज) बाढीले बगाएको छ । यस्तै फालेलुङ गाउँपालिका वडा नं ३ र ७ को सीमामा रहेको एउटा तथा सोही गाउँपालिका वडा नं ३ र ५ को सीमामा रहेको अर्को सडक पुल बाढीले बगाएको छ । सो स्थानबाट जलविद्युत् आयोजनाको एउटा ‘स्काभेटर’ पनि बाढीले बगाएको प्रहरीले जनाएको छ । बाढीका कारण मेची राजमार्ग र तमोर करिडोर सडक अवरुद्ध भएका छन् । वर्षापछि मेची राजमार्गको फाल्गुनन्द गाउँपालिका–३ पाङ्ग्रेभीरमा पहिरो झरेर सडक पूर्णतः अवरुद्ध भएको छ भने फिदिम–३ कान्छीदोकानमा पनि भेलले सडक अवरुद्ध पारेको छ ।  वर्षाका कारण सडक बगाएपछि फिदिम–यासोक सडकको कुम्मायक गाउँपालिका–४ वनथाकमा सडक अवरुद्ध भएको छ । यस्तै फाल्गुनन्द–७ बाट घुर्बिसेपञ्चमी जोड्ने सडक पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ । बाढीले याङवरक–२ मा दुईवटा र फालेलुङ–३ र ५ को सीमाको एक झोलुङ्गे पुलमा समेत क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । बाढीले जिल्लामा निर्माण र सञ्चालनमा रहेका अधिकांश जलविद्युत् आयोजनामा क्षति गरेको छ । क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।  सडक सञ्जाल सम्पर्कविच्छेद भीषण वर्षापछि आएको बाढीले हेवाखोलामा रहेका दुईवटा पुल बगाएपछि पाँचथरबाट ताप्लेजुङ जिल्ला तथा जिल्लाका दुई गाउँपालिकासँगको सडक सम्पर्कविच्छेद भएको छ । गए राति भीषण वर्षा भएपछि हेवाखोलामा आएको बाढीले मेची राजमार्गको फिदिम –४ र हिलिहाङ–७ जोड्ने हंवाखोला पुल बगाएको छ । बाढीले ५४ दशमलव ५२ मिटरको उक्त पुल बगाएपछि मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । विसं २०४२ मा बनेको यो पुल बाढीका कारण हालसम्म कहिल्यै जोखिममा समेत परेको थिएन । तर गए रातिको बाढीले तीन स्पान रहेको पुलका सबै संरचना बगाएको हो । यस्तै तमोर करिडोर सडकअन्तर्गत तीन वर्षअघि हेवाखोलामै निर्माण भएको माझीटारस्थित बेलीब्रिज (फलामको पुल) पनि बाढीले बगाएको छ । फिदिम–४ र हिलिहाङ –७ लाई जोड्ने बेलीब्रिजका सबै संरचना बाढीमा बगेका छन् । दुवै पुल बगेपछि मेची राजमार्ग र तमोर करिडोर सडकबाट ताप्लेजुङ जिल्ला तथा पाँचथरको हिलिहाङ र याङवरक गाउँपालिकासँगको सडक सम्पर्कविच्छेद भएको छ । सडक सम्पर्कविच्छेद भएपछि आकस्मिक बिरामीलाई अस्पतालसम्म पुर्याउने कार्य चुनौतीपूर्ण भएको छ । यस्तै यस क्षेत्रमा उत्पादन हुने दुग्धजन्य उत्पादन र सागसब्जी खेर जाने अवस्था आएको छ । रविन्द्र काफ्ले/रासस

कालिकोटमा बेपत्ता भएका १३ जनाको पहिचान खुल्यो (सूची)

कालिकोटको तिलागुफामा मलामी जाँदा बेपत्ता भएका १३ जनाको पहिचान खुलेको छ । तिलागुफा नगरपालिका–४ राँचुलीबाट बेपत्ता १३ जनाको पहिचान खुलेको कालिकोटका डिएसपी चक्र शाहले रातोपाटीलाई बताए ।शनिवार ज्यान गुमाएका हेमराज शाहीको अन्त्येष्टिको क्रममा तिला नदी माथिबाट पहिरो आएको र सो पहिरोले उनीहरुलाई नदीमा बगाएको डीएसपी शाहले जानकारी दिए । बेपत्ताहरुको प्रहरीले खोजी गरिरहेको छ । बेपत्ता हुनेहरु :१. कालीबहादुर शाही, तिलागुफा नगरपालिका–४ राँचुली, ४७ वर्ष ।२. धनबहादुर शाही, तिलागुफा नगरपालिका&n

आँबुखैरेनी सडक पहिरो : एक जना मृतकको पहिचान खुल्यो

पृथ्वी राजमार्गको तनहुँस्थित आँबुखैरेनीमा सडक भासिएको ठाउँमा भेटिएका २ शवमध्ये एउटाको पहिचान भएको छ ।

धादिङ पहिरोमा बेपत्ता तीनमध्ये एकजनाको पहिचान खुल्यो

काठमाडौं : धादिङको रुबीभ्याली गाउँपालिकामा सडक खन्ने क्रममा पहिरो खस्दा डोजरसहित बेपत्ता भएका तीनजनाको उद्धारका लागि हेलिकोप्टरमा सशस्त्र प्रहरीको टोली गएको छ।रुबीभ्याली–१ तिप्लिङमा सडक खन्ने क्रममा बिहीबार बिहान ७ बजे सुक्खा पहिरो खस्दा डोजरसहित तीनजना पुरिएर बेपत्ता भएको गाउँपालिका अध्यक्ष चेरुङ तामाङले जानकारी दिए। पुरिएका डोजर चालक, सहचालक र स्थानीय एक जनाको उद्धारका लागि सशस्त्र प्रहरीलाई पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी जागेश्वर भण्डारीले थाहाखबरलाई जानकारी दिए।धादिङमा प

धादिङको रुबीभ्याली पहिरोमा बेपत्ता हुनेको पहिचान खुल्यो

धादिङ । धादिङको रुबी भ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा पहिरो जाँदा बेपत्ता हुने तीन जनाकै पहिचान खुलेको छ । उत्तरी धादिङको रुबिभ्याली–१ पुरुमा आज बिहान पहिरोले डोजरसहित तीन जना पुरिएका थिए । पहिरोमा परी बेपत्ता हुनेमा डोजर चालक सिन्धुपाल्चोकका आकाश तामाङ, सहचालक राजु तामाङ र स्थानीय धन तामाङ रहेका छन् । सडक खन्दै गरेको […]

पाल्पामा पहिरो : मृतक तीनै जनाको पहिचान खुल्यो

९ असार, काठमाडौं । तानसेनको सम्मोबारीमा पहिरोले गाडी बगाउँदा मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ । पाल्पाका डीएसपी मदन गिरीका अनुसार मुत्यु हुनेमा चितवन भरतपुर नगरपालिका–२९ बांगेसालका ३३ वर्षीय वीरबहादुर गुरुङ, पाल्पा रिब्दीकोट गाउँपालिका–२ देउरालीका …