कालिकोटमा बेपत्ता भएका १३ जनाको पहिचान खुल्यो (सूची)

कालिकोटको तिलागुफामा मलामी जाँदा बेपत्ता भएका १३ जनाको पहिचान खुलेको छ । तिलागुफा नगरपालिका–४ राँचुलीबाट बेपत्ता १३ जनाको पहिचान खुलेको कालिकोटका डिएसपी चक्र शाहले रातोपाटीलाई बताए ।शनिवार ज्यान गुमाएका हेमराज शाहीको अन्त्येष्टिको क्रममा तिला नदी माथिबाट पहिरो आएको र सो पहिरोले उनीहरुलाई नदीमा बगाएको डीएसपी शाहले जानकारी दिए । बेपत्ताहरुको प्रहरीले खोजी गरिरहेको छ । बेपत्ता हुनेहरु :१. कालीबहादुर शाही, तिलागुफा नगरपालिका–४ राँचुली, ४७ वर्ष ।२. धनबहादुर शाही, तिलागुफा नगरपालिका&n

सम्बन्धित सामग्री

बाढीमा बेपत्ता भएका एकको पहिचान खुल्यो

सङ्खुवासभाको चैनपुर नगरपालिका–११ दुम्कट्टामा फेला परेको शवको पहिचान खुलेको छ । गत असार २ गते राति अविरल वर्षासँगै आएको बाढीले हेँवा खोलामा बेपत्तामध्ये एकजनाको शव चैनपुर–११, दुम्कट्टामा फेला परेको थियो । यही असार १४ गते दुम्कट्टामा फेला परेको बर्दियाका कालीराम थारू रेहको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिनुभयो । थारू सुपर हेँवा …

हेवाखोलाको बाढीले कहाँ कति क्षति पुर्‍यायो ? बेपत्ता भएका सबैको पहिचान खुल्यो

पाँचथर । पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भई बग्ने हेवाखोलामा आएको बाढीमा परी बेपत्ता भएका पाँचै जनाको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बाढीमा परी हिलिहाङ गाउँपालिका–७ का ४५ वर्षीय तिलकुमार तामाङ, फिदिम नगरपालिका–११ का २८ वर्षीय सञ्जोग लिम्बू र फिदिम–५ का ५५ वर्षीय राजकुमार राई सम्पर्कविहीन छन् । उनीहरुलाई हेवाखोलाले हेवाखोला पुल क्षेत्रबाट बगाएको प्रहरीको अनुमान छ । यस्तै फिदिम –४ र हिलिहाङ–७ को सिमाना माझीटार तमोर दोभानबाट दुई जना बेपत्ता भएका छन् । स्थानीयवासी २८ वर्षीय आशिष माझी र २५ वर्षीया एलिसा माझी सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । बाढीले फिदिम–४ का रेशम कटुवालको दुईतले घर र मतान बगाएको छ ।  बाढीले याङवरक गाउँपालिका–२ फलैँचाका रामप्रसाद राईको एकतले घर, चन्द्र बेघाको दुईतले घर र एकतले मतान र कृष्ण बेघाको एकतले घर बगाएको छ । यहाँ मानवीय क्षति नभएको र बाँकी क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।  जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार हालसम्म बाढीले हेवाखोलामा रहेका चारवटा सडक पुल बगाएको छ । फिदिम–४ र हिलिहाङ–७ को सीमामा मेची राजमार्गको एक सडक पुल, तमोर करिडोर एक सडक पुल (बेलीब्रिज) बाढीले बगाएको छ । यस्तै फालेलुङ गाउँपालिका वडा नं ३ र ७ को सीमामा रहेको एउटा तथा सोही गाउँपालिका वडा नं ३ र ५ को सीमामा रहेको अर्को सडक पुल बाढीले बगाएको छ । सो स्थानबाट जलविद्युत् आयोजनाको एउटा ‘स्काभेटर’ पनि बाढीले बगाएको प्रहरीले जनाएको छ । बाढीका कारण मेची राजमार्ग र तमोर करिडोर सडक अवरुद्ध भएका छन् । वर्षापछि मेची राजमार्गको फाल्गुनन्द गाउँपालिका–३ पाङ्ग्रेभीरमा पहिरो झरेर सडक पूर्णतः अवरुद्ध भएको छ भने फिदिम–३ कान्छीदोकानमा पनि भेलले सडक अवरुद्ध पारेको छ ।  वर्षाका कारण सडक बगाएपछि फिदिम–यासोक सडकको कुम्मायक गाउँपालिका–४ वनथाकमा सडक अवरुद्ध भएको छ । यस्तै फाल्गुनन्द–७ बाट घुर्बिसेपञ्चमी जोड्ने सडक पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ । बाढीले याङवरक–२ मा दुईवटा र फालेलुङ–३ र ५ को सीमाको एक झोलुङ्गे पुलमा समेत क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । बाढीले जिल्लामा निर्माण र सञ्चालनमा रहेका अधिकांश जलविद्युत् आयोजनामा क्षति गरेको छ । क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।  सडक सञ्जाल सम्पर्कविच्छेद भीषण वर्षापछि आएको बाढीले हेवाखोलामा रहेका दुईवटा पुल बगाएपछि पाँचथरबाट ताप्लेजुङ जिल्ला तथा जिल्लाका दुई गाउँपालिकासँगको सडक सम्पर्कविच्छेद भएको छ । गए राति भीषण वर्षा भएपछि हेवाखोलामा आएको बाढीले मेची राजमार्गको फिदिम –४ र हिलिहाङ–७ जोड्ने हंवाखोला पुल बगाएको छ । बाढीले ५४ दशमलव ५२ मिटरको उक्त पुल बगाएपछि मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । विसं २०४२ मा बनेको यो पुल बाढीका कारण हालसम्म कहिल्यै जोखिममा समेत परेको थिएन । तर गए रातिको बाढीले तीन स्पान रहेको पुलका सबै संरचना बगाएको हो । यस्तै तमोर करिडोर सडकअन्तर्गत तीन वर्षअघि हेवाखोलामै निर्माण भएको माझीटारस्थित बेलीब्रिज (फलामको पुल) पनि बाढीले बगाएको छ । फिदिम–४ र हिलिहाङ –७ लाई जोड्ने बेलीब्रिजका सबै संरचना बाढीमा बगेका छन् । दुवै पुल बगेपछि मेची राजमार्ग र तमोर करिडोर सडकबाट ताप्लेजुङ जिल्ला तथा पाँचथरको हिलिहाङ र याङवरक गाउँपालिकासँगको सडक सम्पर्कविच्छेद भएको छ । सडक सम्पर्कविच्छेद भएपछि आकस्मिक बिरामीलाई अस्पतालसम्म पुर्याउने कार्य चुनौतीपूर्ण भएको छ । यस्तै यस क्षेत्रमा उत्पादन हुने दुग्धजन्य उत्पादन र सागसब्जी खेर जाने अवस्था आएको छ । रविन्द्र काफ्ले/रासस

कालिकोटमा मलामी जाँदा बेपत्ता भएका १३ जनाको पहिचान खुल्यो

काठमाडौं । कालिकोटको तिलागुफामा मलामी जाँदा पहिरोमा परी बेपत्ता भएका १३ जनाको पहिचान खुलेको कालिकोट प्रहरीले जनाएको छ । पहिरोमा परि बेपत्ता हुनेमा तिलागुफा नगरपालिका–४ का ५६ वर्षका वडाअध्यक्ष समेत रहेका परबहादुर शाही, ३६ वर्षका छत्रजंग शाही, २८ वर्षका खगेन्द्र शाही, २३ वर्षका भेषबहादुर शाही,४७ वर्षका कालीबहादुर शाही, ६३ वर्षका धनबहादुर शाही, ५५ वर्षका धना […]

कालीकोट पहिरोमा बेपत्ता भएका १३ जनाको पहिचान खुल्यो

काठमाडौँ। कालीकोटमा गएको पहिरोमा बेपत्ता भएका १३ जनाको पहिचान खुलेको छ। कालीकोटको तीलागुफा नगरपालिका– ४ मा गएको पहिरोमा परि बेपत्ता भएका १३ जनाको पहिचान खुलेको हो। तिलागुफा नगरपालिका– ४ राँचुली गाउँबाट मलामी गएका वडाअध्यक्षसहित १३ जना पहिरोमा बेपत्ता भएका हुन्।

मलामी जाँदा बेपत्ता भएका १३ जनाको पहिचान खुल्यो

कालिकोटको तिलागुफा नगरपालिका–४ राँचुलीमा मलामी जाँदा पहिरोले कर्णाली नदीमा बगाएका १३ जनाको पहिचान खुलेको छ।...

धादिङ पहिरोमा बेपत्ता तीनमध्ये एकजनाको पहिचान खुल्यो

काठमाडौं : धादिङको रुबीभ्याली गाउँपालिकामा सडक खन्ने क्रममा पहिरो खस्दा डोजरसहित बेपत्ता भएका तीनजनाको उद्धारका लागि हेलिकोप्टरमा सशस्त्र प्रहरीको टोली गएको छ।रुबीभ्याली–१ तिप्लिङमा सडक खन्ने क्रममा बिहीबार बिहान ७ बजे सुक्खा पहिरो खस्दा डोजरसहित तीनजना पुरिएर बेपत्ता भएको गाउँपालिका अध्यक्ष चेरुङ तामाङले जानकारी दिए। पुरिएका डोजर चालक, सहचालक र स्थानीय एक जनाको उद्धारका लागि सशस्त्र प्रहरीलाई पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी जागेश्वर भण्डारीले थाहाखबरलाई जानकारी दिए।धादिङमा प

बेपत्ता भएका तीनको पहिचान खुल्यो

भारतको उत्तराखण्डको गौरीकुण्डमा गएको पहिरोमा परी बेपत्ता भएका हुम्लाका तीन जनाको पहिचान खुलेको छ । उहाँहरू पहिरोमा परी बेपत्ता भएको पाँच दिनपछि प्रहरी गाउँमा पुगेर आफन्तसँग बुझ्दा पहिचान खुलेको हो ।