समस्यामा चिया किसान

चैत, वैशाख महिना गुणस्तरीय चिया उत्पादनको मुख्य सिजन हो तर यस वर्ष गुणस्तरीय चिया उत्पादन हुने समयमै चियाको मुना नपलाउँदा पूर्वका चिया किसानलाई घाटा भएको छ ।

सम्बन्धित सामग्री

दोहोरो मारमा चिया किसान

विद्युत् प्राधिकरणले उद्योगी सरह महसुल र डिमान्ड शुल्क लगाएपछि झापाका साना चिया किसान मारमा परेका छन् । कृषि सिँचाइको सुविधा उपभोग गरिरहेका उनीहरूलाई प्राधिकरणले विद्युत् महसुलमा वृद्धिसँगै डिमान्ड शुल्क समेत अनिवार्य गरेका छन् ।

किसान र उद्योगकै तालमेल नमिल्दा सुध्रिएन चियाको गुणस्तर

चिया किसान र उद्योगीबीच तालमेल मिल्न नसक्दा चियाको गुणस्तर वृद्धि हुन सकिरहेको छैन । किसानहरूले हुर्किएको चियासमेत उद्योगमा लैजाने र उद्योगले पनि मूल्य घटाएर नै भए पनि सो चिया खरिद गर्दा नेपालमा चियाको गुणस्तर वृद्धि हुन नसकिरहेको हो ।खास चिया टिप्नका लागि हरियो दुई पात एक सुइरोलाई गुणस्तरीय चिया मानिन्छ । तर, कहिले किसानहरूले लामो […]

झस्किँदै छन् चिया व्यवसायी

काठमाडौं, साउन २८ । भारतको एक संसदीय समितिले नेपालसहित विभिन्न देशबाट आउने चियाको गुणस्तरका सम्बन्धमा प्रश्न उठाएपछि नेपाली चिया किसान तथा व्यवसायी चिन्तित बनेका छन् । भारतको विधान र लोक सभाले संयुक्त रूपमा गठन गरेको एउटा समितिले नेपालबाट निर्यात हुने चिया कम गुणस्तर भन्ने प्रतिवेदन संसद्मा प्रतिवेदन पेस गरेपछि व्यवसायी चिन्तित बनेका हुन् । समितिले […]

प्रदेश नं १ लाई चिया विशेष क्षेत्र घोषणा गर्न माग

काठमाडौँ- प्रदेश नं १ लाई चिया विशेष क्षेत्र घोषणा गर्न सरोकारवालाहरुले माग गरेका छन् । आज झापाको बिर्तामोडमा चिया उत्पादक, चिया किसान, ट्रेड युनियन तथा चिया श्रमिक र चिया विकास बोर्डका प्रतिनिधि सम्मिलित संवाद समूहले आयोजना गरेको कार्यक्रममा चिया क्षेत्रका विषयगत समस्याबारे छलफल गर्दै समस्याको दिगो समाधान गर्न सबै पक्ष मिलेर सामूहिकरूपमा अघि बढ्ने प्रतिबद्धता […]

हरियो चिया पत्तीको उचित मूल्य नहुँदा किसान चिन्तित

जिल्लाको सूर्योदय नगरपालिकामा हरियो चिया पत्तीको उचित मूल्य नपाएका चिया किसान वर्षाैंदेखि पीडामा छन् । घाम पानी केही नभनी वर्षभरिनै चिया खेतीमा नै तल्लिन हुने गरे पनि नगरका अधिकांश उद्योगले बहाना बनाएर हरियो पत्तीको मूल्य निकै कम दिने गरेको उनीहरूको गुनासो छ ।

कौडीको भाउमा चिया बेच्दा मन रुन्छ : चिया किसान

सूर्योदय नगरपालिका–७ का चिया किसान डम्बर कटुवाललाई आजकाल किसान भएकामा ठूलो ग्लानी छ । एउटै विषयलाई लिएर पटक–पटक आन्दोलन गर्नुपरेकामा र चियाको उचित मूल्य नपाएकामा धुरुधुरु रुन मन लाग्छ । बन्दाबन्दीको समयमा घरमा नुनतेल साट्ने चियाको मूल्य नै ‘कौडीको भन्दा कम परेपछि’ उहाँलाई अहिले चिया बेच्नु न नबेच्नु भएको छ ।

‘संघर्ष’का लागि संगठित हुँदै चिया किसान | Nagarik News - Nepal Republic Media

प्रशोधन उद्योगहरूले हरियोपत्तीको मूल्यमा ‘मनलाग्दी’ गरेको भन्दै आन्दोलनरत चिया किसान संगठित हुन थालेका छन् । उद्योगहरूले हरियोपत्तीमा लागत नै नउठ्नेखालको मूल्य कायम गरेपछि किसान संघर्षका लागि एकजुट भएका हुन् ।

उधारोले चिया किसान समस्यामा

उत्पादन भएको चिया उधारोमा बिक्री गर्नुपर्दा न्यून आय भएका यहाँका किसान अहिले समस्यामा परेका छन् । चिया टिपाइको मुख्य समयमा कोरोना भाइरसका कारण लकडाउन लम्बिँदै जाँदा दैनिक उपभोग्य वस्तुहरू खरिद गर्नका लागि हुने आम्दानी हराउँदा साना किसान समस्यामा परेका हुन् । फाकफोकथुम–२ की फूलमाया राईले आफ्नो थोरै जमिनमा रहेको चिया उधारोमै बिक्री गर्नुपर्दा हातमुख जोर्ने समस्या परेको बताउनुभयो । राईले तीनजुरे चिया कृषक सहकारी संस्थालाई हरियो पत्ती बिक्री गर्दै आउनुभएको छ ।