उत्पादन भएको चिया उधारोमा बिक्री गर्नुपर्दा न्यून आय भएका यहाँका किसान अहिले समस्यामा परेका छन् । चिया टिपाइको मुख्य समयमा कोरोना भाइरसका कारण लकडाउन लम्बिँदै जाँदा दैनिक उपभोग्य वस्तुहरू खरिद गर्नका लागि हुने आम्दानी हराउँदा साना किसान समस्यामा परेका हुन् । फाकफोकथुम–२ की फूलमाया राईले आफ्नो थोरै जमिनमा रहेको चिया उधारोमै बिक्री गर्नुपर्दा हातमुख जोर्ने समस्या परेको बताउनुभयो । राईले तीनजुरे चिया कृषक सहकारी संस्थालाई हरियो पत्ती बिक्री गर्दै आउनुभएको छ ।