विद्युत् प्राधिकरणले उद्योगी सरह महसुल र डिमान्ड शुल्क लगाएपछि झापाका साना चिया किसान मारमा परेका छन् । कृषि सिँचाइको सुविधा उपभोग गरिरहेका उनीहरूलाई प्राधिकरणले विद्युत् महसुलमा वृद्धिसँगै डिमान्ड शुल्क समेत अनिवार्य गरेका छन् ।
केही दिनयता इलाममा चिया विवाद चर्केको छ । चिया किसानका समस्या, चिया उद्योगीको अडान र नगरपालिकाको कार्यविधि यी तीन विषयमा इलामको सूर्योदय नगरपालिकामा चियामा विवाद चर्र्केको हो । साउनको दोस्रो सातादेखिको हरियो पत्तीको मूल्य कतिपय उद्योगहरूले घटाएसँगै चियामा समस्या देखिन थालेको हो ।
पहिलो टिपाइ (फस्ट फ्लस)को चियादेखि साउनको पहिलो सातासम्म यहाँका उद्योगले किसानलाई प्रतिकिलो ४० देखि ४५ रुपियाँका दरले मूल्य दिइरहेका थिए । साउन दोस्रो सातादेखि भने उद्योगहरूले किसानलाई आधा नै कम अर्थात् प्रतिकिलो २० देखि ३० रुपियाँ दिन थालेपछि पुनः चियाको चर्चा बढेको हो ।
सूर्योदय नगरपालिकाले तीन वर्षअघिदेखि हरियो चिया