आफ्नै श्रीमान ६५ वर्षीय चमन सिंह भिरकट्टाको हत्या गरेको अभियोगमा नवलपरासी पूर्वमा एक महिला पक्राउ परेकी छन् । बुलिङटार गाउँपालिका-५ राईकोट बस्ने ६५ वर्षीया श्याम कुमारी भिरकट्टालाई प्रहरीले पक्राउ गरेको हो । श्यामकुमारीले घरायसी विवादको क्रममा बन्चरो प्रहार गर्दा गम्भीर घाइते भएका चमन सिहंको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अभियुक्तलाई ईलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्ध