सामसङको नयाँ वर्ष अफर, ३२ प्रतिशतसम्म छुट

सामसङ कन्जुमर इलेक्ट्रोनिक्स, नेपालले नयाँवर्ष २०७६ को उपलक्षमा विभिन्न अफर सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको ‘हर्षमय नयाँवर्ष २०७६’ को अफर अन्तर्गत ग्राहकले सामसङका सामानहरुको खरिदगर्दा आकर्षक उपलब्ध गराउने कम्पनीले जनाएको छ । अफर अन्तर्गत ग्राहकहरुले सामसङ टिभिको खरिदमा ३२ प्रतिशतसम्मको छुट, रेफ्रिजेरेटरको खरिदमा १३ प्रतिशतसम्मको छुट र सामसङको वासिङ्ग मेसिनहरुको खरिदमा १८ प्रतिशतसम्मको छुट उपलब्ध गराउने भएको छ ।

सम्बन्धित सामग्री

सामसङको दसैं अफर

काठमाडौं– सामसङ नेपालले आफ्ना ग्राहकका लागि ‘सामसङ मोबाइल च्याप्पै, स्कूटर झ्याप्पै!’ शुरु गर्ने भएको छ । जब ग्राहकले कुनै पनि सामसङ मोबाइल वा ट्याब्लेट खरिद गर्नेछन्, तब त्यो उपकरण मात्र होइन, हरेक दिन उपहार स्वरुप २ लाख ३३ हजार ९०० मूल्य बराबरको टीभीएस एनटर्क १२५ सीसी जित्ने अवसर पनि पाउनेछन् । यो वर्ष सामसङ नेपालले […]

सामसङको मुनाफा ९५ प्रतिशतले घट्यो, १४ वर्षयताकै कम

काठमाडौं । दक्षिण कोरियाली स्मार्टफोन तथा चिप निर्माता कम्पनी सामसुङको मुनाफामा उच्च कमी आएको छ । यस वर्षको जनवरी–मार्च त्रैमासमा कम्पनीले ६ खर्ब ४० अर्ब वन सञ्चालन मुनाफा (operating profit) गरेको छ । मुनाफाको यो आकार एक वर्षअघिको भन्दा ९५ प्रतिशत कम हो । त्यतिबेला कम्पनीको सञ्चालन मुनाफा १४१ खर्ब २० वन थियो । मुनाफाको यो आकार १४ वर्षको कुनै पनि त्रैमासमध्ये सबैभन्दा कम हो । समीक्षा अवधिमा कम्पनीको कमाइ १८ प्रतिशतले घटेर ६३७ खर्ब वनमा झरेको छ । समीक्षा अवधिमा कम्पनीको चिप विभागले ४५ खर्ब ८० अर्ब वन नाफा कमाएको छ । एक वर्षअघि सो विभागले ८४ खर्ब ५० अर्ब वन नाफा कमाएको थियो । महँगी अकासिएसँगै विश्वभरबाट ग्राहक तथा उपभोक्ताहरूले आफ्नो खरिदारीमा धमाधम कटौती गरिरहेका छन् । जसले गर्दा स्मार्टफोन, पर्सनल कम्प्युटर आदिको विक्री घटेको छ । यसका कारण अघिल्लो ९ महीनाको अवधिमा चिपको मूल्य ७० प्रतिशतले घटेको छ । कम्पनीले यो महीनाको शुरुमा चिपको उत्पादन घटाउने निर्णय गरेको थियो ।  कम्पनीका अन्य प्रतिस्पर्धीहरूले पनि यस्तै खालका निर्णयहरू गरेका थिए । यसले चिपको भाउमा सुधार ल्याउन केही मद्दत गर्न विश्लेषण गरिएको छ । तर, चिपको प्रयोग बढाउने उपकरणको मागमा उल्लेख्य सुधार नआएसम्म सामसङको लागि चालु त्रैमास पनि पहिलो जस्तै हुने विश्लेषकहरू बताउँछन् । यस वर्षको दोस्रो अर्धवार्षिक अवधिमा भने कम्पनीको चिप विक्री सुध्रिने आशा सामसङले गरेको छ । चिप एकाईमा कीर्तिमानी घाटा भए पनि पहिलो त्रैमासमा सामसङले पूँजीगत खर्च (capital expenditure) मा १०७ खर्ब वन खर्च गरेको छ । यो अहिलेसम्म कुनै पनि वर्षको पहिलो त्रैमासमा भएको सबैभन्दा धेरै खर्च हो । योमध्ये ९८ खर्ब वन त कम्पनीले चिपमै खर्च गरेको छ । पछिल्लो समय कम्पनीले अमेरिका र दक्षिण कोरियाका केही कारखानामा चिपको उत्पादन बढाएको छ । कम्पनीले यो वर्ष पनि चिप उत्पादनमा गएको वर्षकै हाराहारीमा खर्च गर्ने बताइएको छ । चिप व्यवसाय घाटामा गए पनि पहिलो त्रैमासमा सामसङको मोबाइल व्यवसायले भने ३९ खर्ब ४० अर्ब वन खुद नाफा कमाएको छ । एक वर्षअघि नाफाको आकार ३८ खर्ब २० अर्ब वन थियो । कम्पनीले अहिले विक्रीभन्दा पनि नाफामा बढी ध्यान दिइरहेको काउन्टरप्वाइन्टका वरिष्ठ विश्लेषक जिन पार्कले बताएका छन् । एजेन्सी

सामसङको फेब्रुअरी अफरमा जेडफोल्ड४ खरिद गर्दा उपहार

नेपाली बजारमा सामसङको लोकप्रिय टप–टायर फोल्डेबल्स फेरि देखा परेका छन् । सासमङका ग्यालेक्सी जेड फ्लिप४ र ग्यालेक्स जेड फोल्ड४ गत वर्ष बजारमा उपलब्ध भए पनि धेरै समयसम्म देखा परेका थिएनन् । यी उत्पादन लामो पर्खाइपछि सामसङको अन्य प्रमुख उत्पादनसँगै हालसालै बजारमा उपलब्ध भएका छन् । योसँगै कम्पनीले अफर पनि ल्याएको छ । यसअनुसार ग्यालेक्सी जेड […]

पचास एमपी क्यामेरा भएको सामसङको मिडरेन्ज एजिरोफोर लन्च हुँदै

यो वर्ष सामङले आफ्नो मिड रेन्ज र फ्ल्यागशिप फोनहरु सार्वजनिक गरेसँगै अब चाँडै नै नेपाली बजारमा नयाँ ग्यालेक्सी एजिरोफोर ल्याउने तयारी गरिरहेको कम्पनीले जानकारी दिएको छ। यो नयाँ सामसङ ग्यालेक्सी A04 चाँढै नै नेपाली बजारमा प्रवेश हुने कम्पनीको भनाइ छ।...

सामसङको रेफ्रिजेरेटर र वासिङ मेसिनमा आकर्षक छुट योजना

काठमाडौं (नेस) । सामसङ नेपालले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा नयाँ वर्षको कोसेली, घर भित्र्याऊँ यसपालि योजना सञ्चालनमा ल्याएको छ । चैत ११ देखि आउँदो जेठ १ गतेसम्म ग्राहकले सामसङका टिभी तथा डिजिटल एप्लाएन्सेस खरिदमा आकर्षक छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यो योजना सामसङको टिभी, रेफ्रिजेरेटर, र वासिङ मेसिन खरीदमा लागु गरिएको […]

नयाँ वर्षमा सामसङको छूट

काठमाडौं (अस) । सामसङ कम्पनीले नयाँ वर्षको अवसरमा ‘नयाँ वर्षको कोसेली, घर भित्र्याउँ यसपालि’ अफर सार्वजनिक गरेको छ । नयाँ वर्षको अवसरमा घरायसी सामान खरीद गर्दा कम्पनीले उक्त अफर अन्तर्गत छूट दिने भएको छ । नयाँ वर्ष २०७९ को अवसरमा टीभी, रेफ्रिजेरेटर र वाशिङ मेशिन खरीद गर्दा छूट दिइने कम्पनीले बताएको छ । उक्त अफर गत ११ चैतदेखि शुरू भइसकेको छ भने आगामी १ जेठसम्म सञ्चालनमा रहनेछ । ‘योजना सञ्चालनमा रहुन्जेल अथवा स्टक रहुन्जेलसम्म ग्राहकले सामसङका टीभी तथा डिजिटल एप्लाएन्सेस खरीदमा छूट प्राप्त गर्न सक्नेछन्,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सामसङको लाइफस्टाइल टीभी द फ्रेम, खरीद गर्दा प्रारम्भिक क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ ।

सामसङको मुनाफा ३ वर्ष यताकै उच्च

कात्तिक ११, सोल (दक्षिण कोरिया) । दक्षिण कोरियाको विद्युतीय सामग्री निर्माता कम्पनी सामसङ इलेक्ट्रोनिक्सको मुनाफा बढेर ३ वर्ष यताकै उच्च स्तरमा उक्लिएको छ । जुलाई–सेप्टेम्बर त्रैमासमा कम्पनीले सञ्चालन मुनाफा १५८ खर्ब वन (१३ अर्ब ५० करोड डलर) मा पुगेको सामसङले एक नियामक फाइलिङमा भनेको छ ।गत वर्षको सोही अवधिको तुलनामा यो २८ प्रतिशत बढी हो । यो तीन वर्षयताकै उच्च भएको बताइएको छ । महामारीका कारण विश्वको आपूर्ति शृङ्खलामा चुनौती उत्पन्न भएको भएपनि कम्पनीको मुनाफा भने बढेको छ । समीक्षा अवधिमा कम्पनीको विक्री पनि १० प्रतिशतले बढेर ७४० खर्ब वनमा पुगेको छ । चिप एकाईको सुदृढ प्रदर्शनका कारण कम्पनीको  विक्री र मुनाफा तेस्रो त्रैमासमा बढेको हो । चिप बजारमा अनुकुल अवस्थाको निरन्तरताले विक्री उच्च रहेको एक विज्ञप्तिमा कम्पनीले भनेको छ ।  यो खबर सार्वजनिक भएसँगै कम्पनीको शेयर मूल्य बढेको थियो । कोरियाकै अर्कै ठूलो  विद्युतीय सामग्री निर्माता कम्पनी एलजीको भने समीक्षा अवधिमा सञ्चालन मुनाफा ४९ दशमलव ६ प्रतिशतले घटेर५ खर्ब ४० अर्ब वनमा आएको थियो । एजेन्सी

सामसङको ‘ग्यालेक्सी ए–०३एस’मा हुनेछ यस्तो डिजाइन र फिचर

गत वर्ष सार्वजनिक भएको स्मार्टफोन ‘ग्यालेक्सी ए–०२एस’को सफलतापछि सामसङले अर्को नयाँ मोडल बनाउने भएको छ।

सामसङको फोल्ड गर्न मिल्ने फोन आगामी वर्ष मात्र

दक्षिण कोरियाली फोन उत्पादक कम्पनी सामसङले केही समयअघि मात्रै ‘नोट एट’ सार्वजनिक गरेको छ। तर ‘नोट’ सिरिजको आगामी संस्करण भने अझ खास हुने भएको छ। सामसङको मोबाइल बिजनेस प्रमूख डोङजिन कोहले विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुसँग कुरा गर्दै आगामी वर्ष फोल्ड गर्न मिल्ने फोन सार्वजनिक गर्ने गरी काम गरिरहेको खुलासा गरेका छन्। कोहले फोल्डेबल फोन ग्यालेक्सी…