इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सीले टोटनहम हट्स्परमाथि सहज जित निकालेको छ। टोटेनहम हट्सपर स्टेडियममा सम्पन्न खेलमा चेल्सीले घरेलु टोलिमाथि ३-० को सहज जित निकालेको हो।
चेल्सीको जितमा थिआगो सिल्भा, एनगोलो कान्टे र एन्टोनियो रुडिगरले गोल गरे।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ४९ औं मिनेटमा चेल्सीले सिल्भाको…