काठमाडौं । टोटनह्याम हट्सपरलाई हराउँदै चेल्सी इंग्लिस लिग कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति टोटनह्यामको मैदानमा भएको सेमिफाइनल दोस्रो लेगको खेलमा चेल्सी १–० ले विजयी भयो । उसका लागि जर्मन डिफेन्डर एन्टोनियो रुडिगरले निर्णायक गोल गरे । पहिलो लेगमा २–० ले विजयी भएको चेल्सी गएरातिको जितसँगै समग्रमा ३–० को परिणामसहित फाइनलमा पुगेको हो […]