अमेरिका : जन्मदिन पार्टीमा अन्धाधुन्ध गोली चल्दा ६ जनाको ज्यान गयो

काठमाण्डाै – अमेरिकाको कोलोराडोमा जन्मदिनको पार्टीमा अन्धाधुन्ध गोली चल्दा ६ जनाको ज्यान गएको छ । एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ६ जनाको ज्यान गएको र उनले आफूलाई पनि गोली हानेकाे प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आक्रमणकारीको पनि ज्यान गएको छ । घटना के कारणले भयो भन्ने बारे केही खुलाइएको छैन । यस्तै, आक्रमणकारीको पनि पहिचान खुलाइएको छैन । मोबाइल होम पार्कमा रहेको एक ट्रेलरमा जन्मदिन मनाउनका लागि मानिसहरु जम्मा भएका आक्रमणकारीले गोली चलाएका बीबीसीले जनाएको छ ।

सम्बन्धित सामग्री

क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहार : ६ महिनाको बच्चासहित ६ जनाको ज्यान गयो

अमेरिकाकाे क्यालिफोर्नियामा अन्धाधुन्ध गोली चल्दा ६ महिनाको बच्चासहित ६ जनाको ज्यान गएको छ। बिहान मध्य क्यालिफोर्नियाको गोशेनमा दुई जना व्यक्तले जथाभाबी गोली चलाउँदा ६ जनाको ज्यान गएको प्रहरी अधिकारीलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ। बच्चाकी १७ वर्षकी आमाको पनि ज्यान गएको छ । आक्रमणकारीको खोजी भइरहेको र उनीहरु लागुऔषध गिरोह हुन सक्ने प्रहरीले जनाएको छ। एक हप्ताअघि पीडितको घरमा लागुऔषध खोजी वारेन्ट कार्यान्वयन गरिएको थियो।

मेक्सिकोमा गोली चल्दा मेयरसहित १८ जनाको मृत्यु

काठमाडौँ – मेक्सिकोको दक्षिण पश्चिम क्षेत्रमा गोली चल्दा मेयरसहित १८ जनाको मृत्यु भएको छ । केही बन्दुकधारीले बुधबार दिउँसो अन्धाधुन्ध गोली चलाउँदा मेक्सिकोको सेन मिगुएल तोतोपेन शहरका मेयर कोनरेडो मिगुएल अलमेडासहित १८ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। आक्रमणमा केही प्रहरी र मेयर अलमेडाका बुवा ख्वान मेडोजा अकोस्टाको पनि मृत्यु भएको छ । अकोस्टा पूर्वमेयर […]

अन्धाधुन्ध गोली चल्दा चार जनाको मृत्यु

काठमाडौँ । अमेरिकाको इन्डियाना राज्यमा एक सशस्त्र हतियारधारीले अन्धाधुन्ध  गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने गोली हान्ने व्यक्तिको पनि ज्यान गएको छ। ​ इन्डियानाको ग्रीनवुड पार्क मलको फूड कोर्टमा गोली चल्दा सन्दिग्धको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।  सन्दिग्ध पुरुष भएको र उनको अहिलेसम्म पहिचान नभएको इन्डियाना प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान भइरहेको […]

ओस्लो नाइटक्लबमा अन्धाधुन्ध गोली चल्दा दुई जनाको मृत्यु, कैयौँ घाइते

ओस्लो । यहाँस्थित एक नाइटक्लबमा अन्धाधुन्ध गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । आज बिहान भएको उक्त घटनाका एकजना सन्दिग्धलाई हिरासतमा लिइएको नर्वेली अधिकारीहरूले बताएका छन् । नाइटक्लबमा धेरै गोली चलाइएको र धेरैजना गम्भीर घाइते भएका प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणको कारण स्पष्ट भइनसकेको तथा […]

ओस्लोको नाइटक्लबमा गोली चल्दा दुई मारिए, कैयौँ घाइते

एक नाइटक्लबमा अन्धाधुन्ध गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन्। आज बिहान भएको उक्त घटनाका एकजना सन्दिग्धलाई हिरासतमा लिइएको नर्वेली अधिकारीहरूले बताएका छन्।...

अमेरिकामा अन्धाधुन्ध गोली चल्दा ३ जनाको मृत्यु

काठमाडौँ – अमेरिकाको मिसिगन राज्यको एक विद्यालयमा बन्दुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा ३ जनाको मृत्यु भएको छ।​ मृत्यु हुनेमा १६ वर्षीय छात्र र १४ र १७ वर्षीया छात्रा रहेको अधिकारीहरूले जनाएका छन् । एक शिक्षकसहित ८ जना घाइते भएको स्थानीय सुरक्षा अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। डिट्रोइटबाट ६५ किलोमिटरको दूरीमा रहेको अक्सफोर्ड बजारस्थित हाइस्कूलमा आक्रमण […]

बेलायतमा अन्धाधुन्ध गोली चल्दा ६ जनाको मृत्यु

२९ साउन, काठमाडौं । बिहीबार बेलायतको दक्षिण पश्चिममा रहेको प्लाइमाउथ सहरमा अन्धाधुन्ध गोली चल्दा ६ जनाको मृत्यु भएको छ । बेलायतको प्रहरीले दिएको जानकारी अनुसार उक्त घटनामा परी मृत्यु हुनेमा तीनजना महिला र तीनजना पुरुष छन् । पाँचजनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने गोली लागेर गम्भीर घाइते भएकी एक महिलाको अस्पतालमा उपचारको क्रममा मृत्यु […]

बेलायतमा गोली चल्दा आक्रमणकारीसहित ६ को मृत्यु

बेलायतको डेभन काउन्टीमा पर्ने प्लाइमाउथ शहरमा अन्धाधुन्ध गोली चल्दा आक्रमणकारीसहित ६ जनाको मृत्यु भएको छ। घटनामा परी ज्यान गुमाउनेमा तीन जना महिला, दुई जना पुरुष र एक आक्रमणकारी रहेको प्रहरीले...

अमेरिकाको फ्लोरिडामा गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु, २० भन्दा बढी घाइते

फ्लोरिडाको मियामीमा आइतबार बिहान गोली चल्दा दुई व्यक्तिको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन् । स्थानीय प्रहरीका अनुसार स्पोर्ट कारमा आएका तीन व्यक्तिले कारबाट बाहिर निस्केर भीडमा अन्धाधुन्ध गोली हानेका थिए । आइतवार बिहानमा एल मुला बैंक्वेट हलको बाहिरपट्टि भएको गोली चलाइएको थियो । मियामीको डेड प्रहरी विभागका निर्देशक अल्फ्रेडो ‘फ्रेडी’ रामिरेज तृतीयले ट्वीट गरेका छन् । शनिबार, मियामीको एक पर्यटकीय क्षेत्र नजिकै बन्दुकधारीले गोली चलाउँदा कम्तिमा सात व्यक्ति घाइते भएका थ