'...लाहुरे हुन निर्देशन दिएर छोरो गुमाउनु पर्दा मेरो बाबा-आमालाई पश्चताप नहोस्। यति गर्न सक्छौ नि? बिन्ती छ, मेरो लागि यति सहयोग गरीदेऊ है नम्बरी। मेरो परिवारलाई सम्झाइदेऊ।'
म अवाक भएँ। मनमनै मौनतामै भनिदिएँ- 'हुन्छ नम्बरी, म सम्झाइदिन्छु। तिमी चिन्ता नगर।' तर उनले मेरो प्रतिज्ञा सुन्न पाएनन्। ऊ धर्तीबाट अस्ताइसकेको थियो।