डिलक्ससहित पाँचतारे होटेल १७ पुगे

काठमाडौं। पाँच तारा डिलक्स र पाँच तारास्तरको इजाजत लिएर सञ्चालनमा आएका होटेलको संख्या १७ पुगेको छ । एउटा डिलक्स पाँचतारा स्तरको र अन्य १६ ओटा पाँचतारास्तरको गरी पर्यटन विभागबाट उक्त संख्याका होटेलले इजाजत लिएका हुन् । होटेलले आफ्नो पूर्वाधार, सेवा तथा सुविधाका आधारमा पर्यटन विभागबाट तारास्तरको वर्गीकरण पाउँछन् । यसका लागि होटेलले विभागमा निवेदन दिनुपर्छ । मुलुकमा सञ्चालनमा आएकामध्ये केही होटेलले यस्तो रेटिङका लागि विभागसमक्ष निवेदन दिने तयारी पनि गरेका छन् । केही होटेल निर्माणाधीन अवस्थामा छन् । निकट भविष्यमै पाँचतारा स्तरको रेटिङ लिने होटेलको संख्या बढ्ने विभागको अनुमान छ । भारतको हस्पिटालिटी चेन ब्रान्ड ‘लेमन ट्री प्रिमियर’को व्यवस्थापन भित्त्याएको बूढानीलकण्ठ हेरिटेज लिमिटेडले पनि पाँचतारा स्तरको रेटिङ लिन निवेदन दिने तयारी गरिसकेको छ । विभागले हालै सार्वजनिक गरेको पाँच तारा डिलक्स तथा पाँच तारा होटेलको विवरणअनुसार ती होटेलले इजाजत नवीकरण गरेका छन् ।  विभागका अनुसार पाँचतारे डिलक्स तथा सोही स्तरका होटेलमा कुल कोठा संख्या २ हजार ३४६ छ । विभागले गरेको रेटिङअनुसार पाँचतारे डिलक्स होटेल एउटा मात्रै छ । झापाको धुलाबारीमा सञ्चालनमा आएको होटेल मेची क्राउनले उक्त स्तरको रेटिङ लिएको हो ।  पाँचतारे स्तरमा नवीकरण गराउनेमा काठमाडौंका सोल्टी होटेल, होटेल अन्नपूर्ण, तारागाउँ रिजेन्सी होटेल लिमिटेड (हायात), द मल्ल होटेल प्रालि, होटेल सांग्रिला, होटल एभरेस्ट, होटेल अलफ्ट, हायात प्लेस, होटेल ल्हासा इन्टरनेशनल, अकामा होटेल रहेका छन् । यस्तै उपत्यका बाहिर रूपन्देहीस्थित टाइगरवान प्रालि, बाँकेको नेपालगञ्जस्थित सोल्टी शिवक्रिम होटेल्सको सोल्टी वेस्टेन्ड प्रिमियम, बाँकेस्थित होटेल सेन्ट्रल प्लाजा, झापाको होटेल द किंग्सबरी, बाराको सिमरास्थित इच्छा होटेल पाँच तारास्तरको रेटिङमा वर्गीकरण भएका छन् ।  पाँचतारे स्तरको मापदण्ड पूरा गरेका होटेलले इजाजत लिनै बाँकी  नयाँ पाँचतारे होटेल संघीय राजधानी काठमाडौं केन्द्रित विभागको पछिल्लो तथ्यांकअनुसार अझै पनि पाँच तारास्तरका होटेल संघीय राजधानीबाहिर निकै कम सञ्चालनमा आएको देखिएको छ । अधिकांश पाँच तारास्तरका होटेल काठमाडौंमा छन् । त्यसमा पनि पछिल्लो समयमा बनेका होटेलको संख्या पनि काठमाडौंमै बढी छ । पछिल्लो समय थपिएका र विभागबाट पाँच तारास्तरको रेटिङको इजाजत लिएका होटेलमा ताहाचलको हायात प्लेस, अकामा, अलफ्ट र होटेल ल्हासा इन्टरनेशनल छन् । यस्तै होटेल एशोसिएशन नेपाल (हान)का अध्यक्ष विनायक शाहले सरकारले तोकेको मापदण्ड पूरा गरेका होटेलहरूले इजाजतका लागि विभागमा निवेदन दिने हो भने यो संख्या बढ्ने बताए । ‘दर्ता गर्ने हो भने यो संख्या धेरै पुग्छ,’ शाहले भने, ‘काठमाडौंमै ६/७ ओटा र बाहिर पनि उत्ति नै संख्यामा होटेल बनेका छन् ।’ यद्यपि उपत्यका त्यो पनि काठमाडौंभन्दा बाहिर नजानेमा व्यवसायीको आफ्नै व्यावसायिक योजना हुने र अन्य कनेक्टिभिटी जस्ता पूर्वाधारका कारण पनि जान नसक्ने अवस्था रहेको शाहको भनाइ छ । 

सम्बन्धित सामग्री

थपिए तीनवटा पाँचतारे होटेल

यो वर्ष पाँचतारेको सूचीमा तीनवटा होटेल थपिएका छन् । पर्यटन विभागले भैरहवाको सिद्धार्थ भिलासा, लाजिम्पाटको दुसित प्रिन्सेस र धुम्बाराहीको अकामा होटेललाई पाँच तारा स्तरमा वर्गीकरण गरी इजाजतपत्र दिएको हो । पाँच तारा पाउने...

‘ब्वाइकट माल्दिभ्स’ले देखाएको भारतको अपरिपक्व कूटनीति

पाँचतारे होटेल नभएको र थोरै होटेल मात्र भएको लक्षद्वीपमा मोदीले जुन समय र सन्दर्भमा पर्यटन प्रवर्द्धन गरे, त्यसको सन्देश सीधा थिएन माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुको चीन भ्रमणको केही दिनअघि मात्र भारतीय...

वाराही सेदीको सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

पोखराको लेकसाइडमा पाँचतारे होटेल बनाइरहेको वाराही सेदी होटेल लिमिटेडले साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।  जारी पुँजी एक अर्ब...

नेपाल भित्रियो रमडा : इटहरीमा पाँचतारे होटेल सञ्चालन गर्ने

अमेरिकी चेन होटेल ब्रान्ड ‘रमडा’ नेपाल भित्रिएको छ । व्यवसायी देशबन्धु बस्नेतको लगानीमा इटहरीमा निर्माणाधीन ग्रान्ड सेन्ट्रल होटेल ‘रमडा’का रूपमा सञ्चालनमा आउने भएको हो ।रमडाको मातृ कम्पनी विन्डहाम होटेल्स एन्ड रिसोर्ट र...

साढे दुई अर्ब लगानीमा सिद्धार्थ ग्रुपले खोल्यो भैरहवामा पाँचतारे होटेल

सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले आफ्नो पहिलो पाँचतारे होटेल सञ्चालनमा ल्याएको छ । ग्रुपले भैरहवामा दुई अर्ब ५० करोड रुपैयाँको लागतमा होटेल निर्माण गरेको हो ।  ग्रुपका अध्यक्ष चिन्तामणि न्यौपानेले सिद्धार्थ ग्रुपको पहिलो...

यी हुन् नेपालमा धेरै रोजगारी दिने ५ ‘पाँचतारे होटेल’

१४ चैत, काठमाडौं । नेपालमा १६ वटा पाँचतारे होटेल सञ्चालनमा छन् । यी सबैले ३हजार ६१२ जनालाई प्रत्यक्ष रोजगारी दिइरहेका छन् । यसमा सबै तह अर्थात् सुरक्षा र सरसफाईमा खटिने कर्मचारीदेखि महाप्रबन्धकसम्म समावेश छ । पर्यटन विभागका अनुसार नेपालमा सबभन्दा धेरै रोजगारी सिर्जना गर्ने पाँचतारे होटेल सोल्टी हो । सोल्टी एक्लैले ५५० जनालाई रोजगार बनाएको […]

रुपन्देहीमा पाँचवटा पाँचतारे होटेल थपिँदै

दुईवटा पाँचतारे ‘टाइगर वान’ र ‘पवन प्यालेस’ सञ्चालनमा, पाँचवटा सञ्चालनको अन्तिम चरणमा रुपन्देही जिल्लामा धमाधम पाँचतारे होटेल थपिइरहेका छन् । ०८० सालभित्र रुपन्देहीमा पाँचतारे होटेलको संख्या सात पुग्ने भएको छ । अहिले रुपन्देहीमा...

नेपालको पहिलो पाँचतारे डेला अन्नपूर्ण

नेपालको पहिलो पाँचतारे होटेल दरबारमार्गस्थित डेला अन्नपूर्ण हो । यो होटेल तत्कालीन अधिराजकुमारी हेलेन शाहको अगुवाइमा सन् १९६५ बाट सञ्चालनमा आएको हो । सुरुमा पाँचतारे खोल्ने सोच नभए पनि दरबारले निम्त्याएका विदेशी...

नेपालको पहिलो पाँचतारे होटेल अन्नपूर्ण पुनर्निर्माण गरिने

६ असार, काठमाडौं । पाँच दशक पुरानो नेपालको पहिलो पाँचतारे होटेल ‘डेल अन्नपूर्ण होटेल’को कौतिक संरचना पुनर्निर्माण हुने भएको छ । कोरोना भाइरसको महामारी शुरु भएपछि २०७६ चैतमा भएको लकडाउनपछि नै होटेल व्यवसायिक सञ्चालनमा छैन । होटेल अन्नपूर्णकी सञ्चालक तथा होटेल संघ नेपाल -हान)की अध्यक्ष सिर्जना राणाका अनुसार होटेलको वर्तमान भौतिक संरचना भत्काएर अब नयाँ […]