प्रदेश १ प्रदेशसभाका सदस्यहरु एक हप्ता अघि (असोज १)मा औपचारिक रुपमा बिदा भएर गइसकेका छन् । प्रदेशसभा अधिवेशन अन्त्यपछि सांसदहरु चुनावी गतिविधिमा सक्रिय हुन थालेका छन् । आफ्नो कार्यकाल सकेर ताजा जनादेशको प्रक्रिया सुरु हुन लागेसँगै विभिन्न पार्टीका संसदीय दलका नेता, उपनेता तथा संसदीय समितिका सभापतिहरूले धमाधम सरकारी सुविधा बापतको गाडी फिर्ता गर्न थालेका छन् ।एक साता यता ५ जनाले प्रदेशसभाबाट सुविधा स्वरुप प्राप्त गरेको गाडी फिर्ता गरेका छन् । प्रदेश १ प्रदेशसभामा सभामुख, उपसभामुख, दलका नेता, उपनेत