बहुविवाह मुद्दाका फरार प्रतिवादी झापाका अर्जुनधारा नगरपालिका-९ ठेगाना भएका ३४ वर्षीय अम्बर बहादुर पौडेललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।जिल्ला अदालत झापाको २०७६ माघ १९ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष ६ महिना ६ दिन कैद र १५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत झापामा उपस्थित गराइएकोमा अदालतको आदेशअनुसार कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।