गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिलामन्त्री विन्दुकुमार थापाले मानवअधिकारको अभियानलाई सार्थक बनाउन सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।राष्ट्रिय मानव अधिकार आयोगले बुधबारदेखि शुक्रबारसम्म आयोजना गरेको ‘मानव अधिकार मैत्री पत्रकारिता विषयक तालिम’ कार्यक्रममा बोल्दै मन्त्री थापाले समाचार लेखनमा मानव अधिकारमैत्री शब्द र भाषाको प्रयोग हुनुपर्ने बताए । मन्त्री थापाले मानव अधिकारको विषय पत्रकारिता क्षेत्र संवेदनशिल हुनु पार्ने बताउदै समाचार संकलन तथा