धनगढी : सुदूरपश्चिममा प्रदेश सरकार गठन भएयता ३८ वटा कानुन र ५६ वटा विधेयक पारित भएका छन्। कानुन निर्माण भएको लामो समय बित्यो तर अधिकांश कानुन भने अझै कार्यान्वयन हुन सकेका छैनन्। प्रदेश सरकार गठनको पहिलो वर्षलाई कानुन निर्माणको वर्ष मानिएको थियो।प्रदेशको पहिलो ५ वर्षे कार्यकाल सकिनै लाग्दासमेत प्रदेश सरकार आफैँले निर्माण गरेका अधिकांश कानुन कार्यान्वयन गर्नसमेत सफल हुन सकेको छैन। पटकपटक संसोधन हुने अवस्थाका कारण पनि कतिपय कानुन कार्यान्वयनमा जटिलता थपिँदै गएको आन्तरिक मामिला