हेटौंडा : बागमती प्रदेश सरकार कानुन निर्माणमा सुस्त रहँदै आएको छ।राजनीतिक खिचातानी र सत्ताको खेलमा अग्रभागमा रहेको बागमती प्रदेश ऐन कानुन निर्माणमा भने सुस्त रहँदै आएको छ। प्रदेश सरकार स्थापना भएलगत्तै निर्माण गर्ने भनिएको ९९ वटा ऐन कानुन हालसम्म निर्माण हुन सकेका छैनन्।निर्माण भएका ऐन कानुन पनि अध्ययनबिना नै निर्माण हुने गरेका छन्। हतारमा कानुन बनाएर फुर्सदमा संशोधन गर्ने गरेको आरोप प्रदेश सरकारलाई लाग्दै आएको छ।यसैबीच बागमती प्रदेशको प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले पनि संसदमा कानुन निर्