नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले जनताको अहितमा काम गर्ने र पार्टीलाई बदनाम गरे जनप्रतिनिधिमाथि कारबाही गरिने चेतावनी दिएका छन् । पार्टीका तर्फबाट नवनिर्वाचित स्थानीय जनप्रतिनिधिलाई बधाई दिन शनिबार काभ्रेमा आयोजित कार्यक्रममा पुनले उनीहरुलाई राम्रो काम गर्न निर्देशन दिए ।जनप्रतिनिधिले पार्टीको निश्चित नीति, विचार, आदर्श, कार्यशैली र अनुशासनको दायरामा बसेर जनताका पक्षमा काम गर्न सक्नुपर्ने उनले बताए । निर्धक्कसँग राम्रो काम गर्दा पार्टीले सहयोग गर्ने र हौसला दिने उनको भनाइ थि