हेमोफिलिया भएका व्यक्तिहरूको वास्तविक तथ्याङ्क समेट्न माग

 राष्ट्रिय जनगणना २०७८ मा देशभर रहेका हेमोफिलिया भएका व्यक्तिहरूको वास्तविक तथ्याङ्क समेट्न हिमोफिलिया सोसाइटी नेपालले माग गरेको छ । शनिवार काठमाडौँमा एक पत्रकार सम्मेलनको आयोजना गरी हिमोफिलिया सोसाइटी नेपालले राष्ट्रिय जनगणना २०७८ मा पहिलोपटक हेमोफिलिया भएका व्यक्तिहरूको पनि गणना हुने भएकाले जनगणनामा हेमोफिलिया भएका व्यक्तिहरूको वास्तविक तथ्याङ्क समेट्ने गरी गणना गर्न, गराउन माग गरेको हो । महासंघले हेमोफिलिया भएका व्यक्तिहरू अपाङ्गताको ऐनभित्र परेको र अपाङ्गता भएकाहरूको सूचिको दसौँ नम