क्रिष्टल पावरले आईपिओ निष्काशन गर्ने, ग्लोबल आईएमई क्यापिटलले दिनेभयो सम्पूर्ण सेवा

ग्लोबल आइएमई क्यापीटलले पहिलो पटक संस्थागत परामर्श (Corporate Advisory) सेवा अन्तर्गत “BusinessConcept to Listing' सेवा शुरु गरेको छ । उक्त सेवा अन्तर्गत ताप्लेजुङ्ग जिल्लामा क्रिष्टल पावर डेभलपमेन्ट प्रा.लि. द्वारा निर्माण गर्न लागिएको सुपर तमोर हाइड्रोईलेक्ट्रिक आयोजना (१६६ मेगावाट) को लागि कम्पनी र ग्लोबल आइएमई क्यापीटल बीच “Business-Concept to Listing' सेवा उपलब्ध गराउने सम्बन्धमा दुबै पक्षबीच सम्झौता भएको छ । क्यापिटलले “Business-Concept to Listing' सेवा अन्तर्गत उद्यमशीलता विकासका लागि व्यक्तिगत तथा संस्थागत व्यवसायिक अवधारणा (Business Concept) लाई नेपाली व्यवसायिक बातावरणमा स्थापित गराउने योजना सहित संस्थागत परामर्श, लगानी प्रबर्द्धन तथा कारोबारको दायरा विस्तार सँग सम्बन्धित कार्यहरु अगाडि बढाउनेछ भने निकट भविष्यमा Private Equity/Venture Capital (PE/VC) सम्बन्धी कार्यहरु गर्ने योजना रहेको जनाएको छ । साथै, पब्लिक कम्पनीमा परिणत गरिदिने, पब्लिक कम्पनीमा परिणत हुँदाको बखत Regulatory Frameworks अन्तर्गत प्रबन्धपत्र, नियमावली लगायत अन्य कागजातहरु तयार गर्ने तथा व्यवसायिक लगानीकर्ता खोज्न सघाउ पुरयाउने कार्यहरु गरिने क्यापिटलले जनाएको छ। त्यसैगरी क्यापिटलले “Business-Concept to Listing' सेवा अन्तर्गत व्यवसायिक अवधारणालाई वास्तविकतामा परिणत गर्न आवश्यक पर्ने संस्थागत परामर्श सेवा लगायतका सम्पूर्ण कार्यहरुमा मर्चेन्ट बैंकरको रुपमा सघाउ पुर्याउन सहकार्य गर्ने व्यहोरा समेत उल्लेख गरेको छ। साथै, क्यापिटलले उक्त क्रिष्टल पावर डेभलपमेन्ट प्रा.लि.लाई निकट भविष्यमा नै सर्वसाधारणमा शेयर निष्कासन गर्न सक्ने गरी सम्पूर्ण सेवा उपलब्ध गराउने छ । ग्लोबल आइएमई क्यापीटलले “Business-Concept to Listing' सेवा अन्तर्गत कुनै पनि कम्पनीलाई स्थापनादेखि IPO जारी गरी Listing सम्मको कार्यलाई एकीकृत रुपमा सम्पूर्ण सेवा उपलब्ध गराउने  छ।

सम्बन्धित सामग्री

ग्लोबल आईएमई बैंकले तिर्यो सबैभन्दा धेरै कर

काठमाडौँ : बैंक तथा वित्तीय संस्थामध्ये ग्लोबल आईएमई बैंक लिमिटेडले सबैभन्दा धेरै आयकर दाखिला गरेको छ। बैंकले आर्थिक वर्ष ०७८/७९ मा ३ अर्ब २० करोड रुपैयाँ कर दाखिला गरेको थियो।आन्तरिक राजस्व कार्यालयले राष्ट्रिय कर दिवस २०८० का अवसरमा आयोजित कर सप्ताह समापन समारोहमा बैंक तथा वित्तीय संस्थाअन्तर्गत सर्वाधिक कर तिर्ने करदातामा ग्लोबल आईएमई बैंकलाई सम्मान गरेको हो। कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री डा प्रकाशशरण महतले ग्लोबल आईएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सर्वाधिक कर

स्वयम्भू र बालकुमारीमा ग्लोबल आईएमई बैंकका शाखा सञ्चालन

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले काठमाडौंको स्वयम्भू र ललितपुरको बालकुमारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाहरुबाट बुधबारदेखि नै सम्पूर्ण सेवाहरु सुरु भइसकेको ग्लोबल आईएमई बैंकले जनाएको छ । यो बैंक देशका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५९ शाखा कार्यालय, ३६२ एटिएम, ३२२ शाखारहित बैंकिङ्ग […]

ग्लोबल आईएमई बैंक राष्ट्र बैंकको मर्जर नीतिको लिडर: अध्यक्ष ढकाल

काठमाडाैं । ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आईएमई बैंक राष्ट्र बैंकको मर्जर नीतिको लिडर बैंक भएको बताउनुभएको छ । सोमबार ग्लोबल आईएमइ बैंकले बैंक अफ काठमाण्डुसँगको मर्जरपछिको एकीकृत कारोबार उद्घाटन कार्यक्रममा बोल्दै उहाँले राष्ट्र बैंकले मर्जरको नीति घोषणा गरेपछि मर्जरको नीतिलाई कार्यान्वयनमा ल्याउने ग्लोबल आईएमई बैंक मर्जर नीतिको लिडर बैंक भएको दावी गर्नुभयो […]

ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूद्वारा देशभर प्रभातफेरि कार्यक्रम

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडले संयुक्तरुपमा देशव्यापी प्रभातफेरि कार्यक्रमको आयोजना गरेका छन् । ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडको मर्जरको अवसरमा दुई बैंकले संयुक्तरुपमा काठमाडौं उपत्यकासहित नेपालका मुख्यमुख्य शहरहरुमा प्रभातफेरि कार्यक्रमको आयोजना गरेका हुन् । ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड २५ पुसदेखि […]

ग्लोबल आईएमई बैंक र राजधानी डेरीबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाण्डाै – ग्लोबल आईएमई बैंक लिमिटेड र राजधानी डेरी प्रा.लि. बीच कृषि कर्जाको सहजीकरणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । यस समझदारी पत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र राजधानी डेरी प्रा.लि. का अध्यक्ष राजकुमार दाहालले हस्ताक्षर गर्नुभएको छ । समझदारीअनुसार ग्लोबल आईएमई बैंक लिमिटेडले राजधानी डेरीको सिफारिसमा काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका तथा आसपासका दुग्ध उत्पादक किसानलाई सहुलितयपूर्ण कर्जा उपलब्ध गराउनेछ । कृषि व्यवसाय गरिरहेका ग्रामीण क्षेत्रका किसानलाई उद्...

ग्लोबल आईएमई बैंक र राजधानी डेरीबीच सम्झौता

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र राजधानी डेरी प्रालिबीच कृषि कर्जाको सहजीकरणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र राजधानी डेरीका अध्यक्ष राजकुमार दाहालले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार, ग्लोबल आईएमई बैंकले राजधानी डेरीको सिफारिसमा काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका तथा आसपासका दुग्ध […]

ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूबीच मर्जरको अन्तिम सम्झौता

२८ कात्तिक, काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड (बीओके) बीच एक आपसमा गाभ्न/गाभिनका लागि सोमबार अन्तिम सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बीओकेका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरे । ग्लोबल आईएमई बैंक र बीओकेबीच गाभ्ने/गाभिने (मर्जर) प्रयोजनका लागि मूल्यांकन कर्ताबाट प्राप्त चल/अचल सम्पत्ति, […]

ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू गाभिने

ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूबीच एक आपसमा गाभ्न गाभिनका लागि बिहीबार प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।समझदारीपत्रमा ग्लोबल आईएमई बैंकको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमान्डुका तर्फबाट बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन् ।मर्जरपश्चात् बन्ने नयाँ बैंकको नाम ग्लोबल आईएमई बीओके हुने र सञ्चालक समितिमा ग्लोबल आईएमई […]

ग्लोबल आईएमई बैंक र ग्याँस बिक्रेता महासंघबीच सम्झौता

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र ग्याँस बिक्रेता महासंघ नेपालबीच सम्झौता भएको छ । सम्झौता पत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्य र ग्याँस बिक्रेता महासंघ नेपालका अध्यक्ष ज्ञानेश्वर अर्यालले हस्ताक्षर गरेका छन् । उपभोक्ताहरुलाई ग्यास खरिद तथा बिक्री गर्दा क्यूआर मार्फत गरिने मोबाइल पेमेन्ट प्रबर्द्धनका लागि यी दुई संस्थाबीच सहकार्य गर्ने […]