काठमाण्डाै – ग्लोबल आईएमई बैंक लिमिटेड र राजधानी डेरी प्रा.लि. बीच कृषि कर्जाको सहजीकरणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । यस समझदारी पत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र राजधानी डेरी प्रा.लि. का अध्यक्ष राजकुमार दाहालले हस्ताक्षर गर्नुभएको छ ।
समझदारीअनुसार ग्लोबल आईएमई बैंक लिमिटेडले राजधानी डेरीको सिफारिसमा काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका तथा आसपासका दुग्ध उत्पादक किसानलाई सहुलितयपूर्ण कर्जा उपलब्ध गराउनेछ ।
कृषि व्यवसाय गरिरहेका ग्रामीण क्षेत्रका किसानलाई उद्...