जनकपुरधाम : नेकपा (एमाले) का केन्द्रीय कमिटी सल्लाहकार समिति सदस्य गंगाराम यादवले पार्टी परित्याग गरेका छन्। जनकपुरधाममा सोमबार पार्टी परित्यागको घोषणा गर्दै यादव जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गर्ने घोषणा गरेका हुन्। धनुषा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिने तयारी गरेका यादव एकाएक पार्टी परित्याग गरी जसपामा प्रवेश गर्न लागेका हुन्। दुई दिन अगाडि मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले धनुषा २ बाट निर्वाचन लडाउने गरी