पाकिस्तान आर्थिक संकटमा, दुई वर्षमा ५१ अर्ब डलर आवश्यक
इन्टरनेशनल मनिटरी फन्ड (आइएमएफ)ले पाकिस्तान गम्भीर आर्थिक संकट उन्मुख रहेको बताउँदै उसलाई दुई वर्षमा आन्तरिक आवश्यकता पूरा गर्न ५१.६ अर्ब अमेरिकी डलर बाह्य आवश्यक रहेको जनाएको छ। द न्युज इन्टरनेशनलले...
काठमाडौं, १साउन।आन्तरिक राजस्व विभागले लक्ष्य भन्दा २३ प्रतिशत कम राजस्व संकलन गरेको छ। विभागले गत आर्थिक वर्षमा ६ खर्ब २६ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ४ खर्ब ८०अर्ब रुपैयाँ मात्रै राजस्व संकलन गर्न सकेको हो। अर्थात् अघिल्लो वषभन्दा ३ अर्ब रुपैयाँ कम राजस्व उठाएको छ। अघिल्लो आर्थिक वर्षमा विभागले ४ खर्ब ८३अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो।
३१ साउन, काठमाडौं । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले एक वर्षमा ६८ अर्ब रुपैयाँ विदेशी मुद्रा विदेश पुर्याएका छन् । महामारीपछि विदेश जाने क्रम ह्वात्तै बढेकाले गत आर्थिक वर्ष २०७८/७९मा विदेश जाने विद्यार्थीले ६८ अर्ब रुपैयाँ वैदेशिक शिक्षाका लागि खर्च गरेका हुन् । गत आर्थिक वर्षमा सेवा खाता अन्तर्गत नेपालको भ्रमण व्यय १९६.७ प्रतिशतले बढेर […]
बलेवा । गत आर्थिक वर्षमा बागलुङमा झन्डै रु सवा एक अर्ब राजस्व सङ्कलन भएको छ । यहाँ रहेका सङ्घीय तथा प्रदेश सरकार मातहतका कार्यालयले मात्रै उक्त राजस्व सङ्कलन गरेका हुन् । बागलुङमा रहेको आन्तरिक राजस्व कार्यालयसहितका कार्यालयले विभिन्न शीर्षकमा रु एक अर्ब २१ करोड छ लाख १७ हजार ९७७ राजस्व सङ्कलन गरेका छन् । असार […]
पोखरा : आन्तरिक राजस्व कार्यालय पोखराले गत आर्थिक वर्षमा ४ अर्ब ८८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। गत आर्थिक वर्ष २०७८/७९ मा कुल ५ अर्ब १० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा कार्यालयले लक्ष्य नजिक ९६ प्रतिशत संकलन गरेको उल्लेख गरेको छ।कार्यालयले आर्थिक वर्ष २०७७/७८ मा ४ अर्ब ४० करोड मात्र राजस्व संकलन गरेको थियो।अघिल्लो आर्थिक वर्षभन्दा यो वर्ष राजस्व संकलन बढेको छ। पोखरा आन्तरिक राजस्व कार्यालय प्रमुख रमेश शर्माले आर्थिक वर्ष २०७८/०७९ मा आयकर १०६ प्रतिशत, घरबहाल कर १२२
काठमाडौं । गत आर्थिक वर्षमा सुदूरपश्चिम सरकारको साढे १० अर्ब रुपैयाँ भन्दा बढी बजेट फ्रिज भएको छ । कुल विनियोजित ३१ अर्ब ४७ करोड ५६ लाख रूपैयाँ मध्ये ६६ दशमलव ६१ प्रतिशत अर्थात २० अर्ब ९६ करोड ६१ लाख रुपैयाँ मात्रै खर्च भएको छ । प्रदेश पूँजीगततर्फ विनियोजन गरेको कुल १८ अर्ब ९० करोड २० […]
१५ जेठ, काठमाडौं । सरकारले धरहराको बाँकी काम आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य सार्वजनिक गरेको छ । भूकम्पको बाँकी पुनर्निर्माणका लागि ९ अर्ब ४४ करोड रुपैयाँ विनियोजन गरेको सरकारले यस्तो घोषणा गरेको हो । सिंहदरबारलगायत पुरातात्विक सम्पदाको प्रवलीकरण काम समेत आगामी आर्थिक वर्षमा सकिने भएको छ ।
काठमाडौं : चालु आर्थिक वर्षमा ११ खर्ब ५२ अर्ब ४२ करोड रुपैयाँ राजस्व संकलन हुने अनुमान सरकारले गरेको छ।संघीय संसद्मा सरकारको आर्थिक वर्ष २०७९/८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन्।
काठमाडौं, पुस १९ । अघिल्लो आर्थिक वर्षको भन्दा गत आर्थिक वर्षमा ह्वात्तै बेरुजु रकम बढेको छ । महालेखा नियन्त्रक कार्यालयको आन्तरिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६-७७ मा ११ अर्ब ३९ करोड ९९ लाख रुपैयाँ बेरुजु भएको थियो भने आर्थिक वर्ष २०७७÷७८ मा २५ अर्ब २६ करोड ५० लाख बेरुजु देखिएको हो । महालेखा नियन्त्रकको कार्यालयले प्रकाशन […]
धनगढी-सुदूरपश्चिम प्रदेश सरकारले तीन वर्षमा साढे ३६ अर्ब भन्दा बढी खर्च गरेको छ । प्रदेश सरकारले चार आर्थिक वर्षमा साढे ८७ अर्ब भन्दा बढी बजेट गरेपनि विनियोजित बजेटको करिब ४२ प्रतिशत मात्रै बजेट खर्च गर्न सकेको हो । प्रदेश सरकारको चालु खर्च भन्दा पुँजीगत खर्च निकै कमजोर देखिएको छ ।७१ औं प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार […]