काठमाडौँ – प्रतिनिधिसभाको उपसभामुखका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विद्या भट्टराईलाई अगाडि सारेको छ । एमालेकी सचेतक शान्ता चौधरीको प्रस्ताव र सांसद कृष्णभक्त पोखरेलको समर्थनमा भट्टराईले उम्मेदवारी दर्ता गराएकी हुन् । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसाल गौतमको उम्मेदवारी परेको छ। भुसालको उम्मेदवारीमा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरुङ प्रस्तावक र नेकपा […]