प्रतिनिधिसभाको आजको बैठकमा नेकपा एमालेकी सांसद विद्या भट्टराई विश्वविद्यालयबाट परीक्षार्थीको उत्तरपुस्तिका हराएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको शून्य समयमा बोल्दै उहाँले यस विषय उठान गर्नुभएको हो । सांसद भट्टराईले परीक्षा दिएर नतिजाको पर्खाइमा रहेका विद्यार्थीलाई उत्तरपुस्तिका हराएकाले पुनः परीक्षा दिनुपर्ने भनी त्रिभुवन विश्वविद्यालयले सूचना प्रकाशित गरेको भन्दै यसबाट विद्यार्थीको भविष्यमाथि खेलवाड भएको बताउनुभयो …