पोखरा : कास्कीको निर्वाचन क्षेत्र नम्बर २ मा एमालेकी विद्या भट्टराई विजयी भएकी छन्।उनले १६ हजार ९ सय ९८ मत ल्याएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार ४ सय ९५ मत पाएका छन्। गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले भने ९ हजार ६ सय ५९ मत पाएर तेस्रो स्थानमा खुम्चिए।भट्टराई तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी धर्मपत्नी हुन्। अधिकारीको निधनपछि २०७६ भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा उनी निर्वाचित भएकी थि