नेपाली काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी सम्मिलित बैठक बस्दै छ । १४ औं महाधिवेशनबारे आवश्यक निर्णय लिन विहीबार दिउँसो २ बजेपछि सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने बैठक बस्न लागेको हो ।भदौ १६-१९ का लागि तय गरिएको १४ औं महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि त्यसको संशोधनका लागि काँग्रेसमा छलफल चलिरहेको छ । साउन ८ गतेयता जारी पदाधिकारी बैठकमा महाधिवेशन सम्पन्न गर्ने तरिका र विकल्पबारे छलफल भइरहेको छ ।क्रियाशील सदस्यता विवाद र कोरोना महामारीलाई दृष्टिगत गरी नयाँ कार्यतालिक