रुसले युक्रेनको पूर्वी क्षेत्र डोन्बासमा बुधबारदेखि पुनः आक्रमण तीव्र पारेको छ । युक्रेनी सहर बुचामा ‘युद्ध अपराध गरेको’ भन्दै युरोपेली संघ (ईयू) ले रुसमाथि प्रतिबन्ध कडा पार्ने घोषणा गरेपछि रुसी फौजले आक्रमण बढाएको हो । डोन्बास क्षेत्रमा रुसले स्वतन्त्र राष्ट्र घोषणा गरेका दोनेत्स्क र लुहान्स्क पृथकतावादीहरूको नियन्त्रणमा छन् ।