रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण जारी राख्न आदेश दिएका छन् ।रुसले युक्रेनको लिसेचान्स्क सहर कब्जा गरेलगत्तै पुटिनले आक्रमणलाई निरन्तरता दिन रक्षामन्त्री सर्गेई शोइगुलाई आदेश दिएका हुन् । तर युक्रेनले रुसी सैनिकलाई पश्चिमतर्फ थप अघि बढ्न नदिनका लागि आफ्नो फौजलाई सुदृढ पारिरहेको दाबी गरेको छ ।रुसले अहिले छिमेकी डोनेट्स्क क्षेत्रका सहरमा आक्रमण तीव्र पारेको छ । गएको फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण गर्नुअघि पुटिनले लुहान्स्क र डोनेट्स्कलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिएका थिए
रुसले युक्रेनमा आक्रमण थालेको आज सय दिन पुगेको छ । रुसले गएको फेब्रुअरी २४ तारिख अर्थात फागुन १२ गतेदेखि युक्रेनमा आक्रमण सुरु गरेको थियो । रुसी सेनाले युक्रेनमा जल, थल र आकास तीन तिरबाटै आक्रमण गर्दै आएको छ ।
रुसले लामो समयदेखि युरोपेली सङ्घ र पश्चिमी देशहरूको रक्षात्मक सैन्य गठबन्धन नेटोतर्फ युक्रेनले बढाएको कदमको विरोध गर्दै आएको छ । ४ करोड ४० लाख जनसङ्ख्या भएको युरोपेली देश युक्रेनमा अहिलेसम्म हजारौँ मानिसको ज्यान गएको छ भने लाखौँ नागरिक विस्थापित भएका छन् ।
संयुक्त राष्ट्र सङ्घका अनुसार झण्डै डेढ करोड युक्र...
काठमाडौं । रुसले आगामी हप्ता मे ९ सम्मपनि युद्धविराम गर्ने योजना नरहेको जनाएको छ । लामो समयदेखि युक्रेनमा आक्रमण गरिरहेको रुसलाई युद्धविराम गर्न चर्को दवाव परेपनि तत्कालै त्यसको सम्भावना नरहेको जनाएको छ । मस्कोले हालसम्म युक्रेनसँग युद्धमा नरहेकाले आगामी दिनमा विशेष सैन्य अपरेसन जारी गर्ने जवाफ दिएको छ । यसअघि पश्चिमी मुलुकका अधिकारीहरूले भने यही […]
काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक विशेष प्रतिनिधिले पदबाट राजीनामा दिएका छन् । एक अनुभवी रुसी सुधारकको रूपमा परिचित एनातोली चुबाइसले पदबाट राजीनामा दिएका हुन् । रुसले युक्रेनमा आक्रमण गरेपछि पद त्याग्ने उनी हालसम्मकै उच्च अधिकारी हुन् । राजीनामा दिनुअघिसम्म उनले आधिकारिक रूपमा रुसी जलवायु दूतको रूपमा काम गरेका थिए । ब्लुमबर्गको एक रिपोर्ट […]
रुस र युक्रेनबीचको विवाद अहिले युद्धमा परिणत भएको छ । यी दुई देश बाहेक सारा विश्वको नजर युरोप र अमेरिकामा छ । रुसले युक्रेनमा आक्रमण गरेको वास्तविक कारण के छ ? यसअघि रुसको विघटनपछि छुट्टिएका देशमध्ये युक्रेन पनि एक थियो । रुससँगै त्यसबेला क्रिमिया पनि थियो, जसलाई सन् २०१४ मा रुसले आफ्नो नियन्त्रणमा लिएको थियो […]
रुसले युक्रेनमा आक्रमण गर्ने बहाना खोजिरहेको अमेरिकाले आरोप लगाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले आगामी दिनमा सैन्य कारबाही सुरु गर्न सक्ने बताएका छन् । तर, समस्या समाधानका लागि कूटनीतिक समाधान अझै सम्भव रहेको उनले बताए । अमेरिकी विदेश नीतिसँग सम्बन्धित अधिकारीहरूले भनेको छन, सम्भावित कारणहरू सूचीबद्ध गरेका छन् जुन रूसले युक्रेनमा आक्रमण गर्न […]
संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका लागि रुसी राजदूत भेसिली नेभेजियाले रुसले अहिले युक्रेनमा आक्रमण गर्ने कुनै योजना नरहेको बताएका छन् । उनले सोमबार भने– युक्रेनको सीमाक्षेत्र नजिकै तर रुसको भूभागमा रुसले गरेका सैनिकहरुको तैनाथलाई कतिपय पश्चिमा देशहरुले रुसले आक्रमण गर्नका लागि त्यहाँ सेना राखेको भनेर प्रचार गरेको बताए । तर आफ्नो सीमा क्षेत्रमा राखेका सेना […]
अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार दुई देशबीच बढ्दो तनावका बीच युक्रेनमा आक्रमण गरे रुसलाई जवाफदेही बनाइने बताएका छन् । ‘रुसले युक्रेनमा आक्रमण गरेमा त्यसलाई जवाफदेही बनाइनेछ। यदि उसले युक्रेनमा आक्रमण गर्यो भने यो रुसको लागि विनाशकारी हुनेछ।’ बाइडेनले भने ।हाम्रा साझेदार र सहयोगीहरु रुस र यसको अर्थतन्त्रमा गम्भीर क्षति पुर्याउन तयार छन्,’ अमेरिकी राष्ट्रपतिले भने । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई यस्तो आक्रमण हुँदा महत्त्वपूर्ण आर्थिक परिणाम भोग्नुपर्ने चेतावनी समेत