निर्वाचन आयोगले नेकपाको विवादका विषयमा दिएको निर्णयका बारेमा आफ्नो धारणा राख्दै गर्दा अत्यन्त असहज महशुस भएको छ ।
प्रमुख निर्वाचन आयुक्त लगायतका अन्य आयुक्तहरू प्रायः सबैसँग सहकार्य गर्ने अवसर पाएको थिएँ । सबै अब्बल क्षमता भएका साथीका रूपमा ग्रहण गरेको थिएँ । तर नेकपाको विवाद आयोगमा पुगेको ३५ दिनमा आएको निर्णयले यस दलभित्रको विवादलाई थोरै मात्र पनि समाधान गर्न सहजता प्रदान गरेन, ठीकविपरीत समस्या उजागर हुन पुग्यो ।
संविधानले यस प्रकृतिका मामिलाहरूलाई राम्ररी विश्लेषण गरी पूर्वाग्रहविना निष्पक्ष निर्णय दिनु पर्दछ । सम्मानि...