बेलायतमा पहिलो पल्ट कोरोना संक्रमणका कारण हुने मृतक संख्या शून्यमा झरेको छ । कोरोना महामारीको दोस्रो लहर शुरु भएयता पहिलो पल्ट कोरोनाका मृतक संख्या शून्यमा झरेको हो । पछिल्लो समय कोरोना संक्रमण दरमा सामान्य वृद्धि हुँदै गैरहेको छ भने मृतक संख्या भने लगातार कमी देखिएको छ । बेलायतका केहि स्थानमा ‘इन्डियन भेरिएन्ट’ को संक्रमण देखिएपछि पछिल्ला दिनहरुमा संक्रमण दर सामान्य वृद्धि हुँदै गइरहेको छ ।पछिल्लो २४ घन्टामा थप तीन हजार १६५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यससँगै को