काभ्रेको मण्डनदेउपुर र पनौती नगरपालिकाले कोरोना संक्रमणबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग प्रदान गरेका छन् ।
मण्डनदेउपुर नगरले कोरोनाबाट ग्रसित भई भेन्टिरलेटरमा उपचार गराएकालाई समेत सहयोग गरेको जनाएको छ ।
मण्डनदेउपुर नगरले कोरोनाबाट मृत्यु भएकाको प्रतिपरिवारलाई ५० हजार रुपैयाँ र भेन्टिलेटरमा उपचार गरेकालाई २५ हजार रुपैयाँका दरले आर्थिक सहयोग प्रदान गरेको छ ।
कोरोना संक्रमणबाट नगरका १८ जनाको मृत्यु भएको थियो भने २ दर्जनभन्दा बढीले भेन्टिलेटरमा उपचार गराएका थिए ।
मृतक र कोरोनाबाट पीडितको परि...