जलवायु परिवर्तनको जोखिममा जलविद्युत्, आयोजना सुरक्षित नभए देशको अर्थतन्त्रमै असर : उर्जामन्त्री भुसाल

फागुन  ३०, ललितपुर।  ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले पछिल्ला घटनाक्रमहरूले जलवायु परिवर्तनका जोखिमहरू बढाउँदै लगेको बताएकी छिन् । सोमवार ललितपुरमा आयोजित ‘जलविद्युत् परियोजनामा बाढी पूर्वसूचनाप्रणालीको व्यवस्था तथा स्थानीय निकायहरूसँगको सहकार्य र समन्वय’ सम्बन्धी कार्यक्रममा उनले जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमको उचित व्यवस्थापन नेपालका लागि चुनौती बन्दै गएको बताएकी हुन् । ‘जलवायु परिवर्तनको प्रत्यक्ष असर हाम्रा नदीनाला तथा वरपरका वस्तीहरूमा उच्चतम देखिन्छ’, उनले भनिन्, ‘बाढीपहिरोजस्ता प्रकोपहरूका कारण ठूलो जनधनको क्षति हुन पुगेको छ । जलविद्युत् आयोजनामै समेत निकै असर परेको छ ।’ मन्त्री भुसालले जलवायु परिवर्तनको असर निरन्तर बढ्ने क्रममा रहेकाले त्यसका लागि जिम्मेवार मुलुकले प्रभावित राष्ट्रलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने बताइन् । ‘जलवायु परिवर्तनका असर बढाउने मुलुकहरूले प्रभावित राष्ट्रलाई उचित क्षतिपूर्ति दिनुपर्छ’, उनले भनिन् । जलविद्युत् आयोजनाहरू गुणस्तरीय र भरपर्दो तवरले निर्माण गर्न तथा विभिन्न प्रकोपका कारण आइपर्ने जोखिमबाट सुरक्षित राख्न आवश्यक रहेको बताउँदै मन्त्री भुसालले आयोजनाहरूको दीगो विकासका लागि सुरक्षित कदम चाल्नुपर्ने बताइन् । जलविद्युत् आयोजनाहरू सुरक्षित नभएमा देशकै अर्थतन्त्रमा असर पर्न सक्नेतर्फ सचेत गराउँदै उनले जोखिम न्यूनीकरण गरी आयोजना निर्माण गर्नका लागि आवश्यक नीति तथा निर्देशिका बनाउन तथा विभिन्न निकायसँग समन्वय गर्न उर्जा मन्त्रालयले आवश्यक पहल गर्ने आश्वासन दिइन् । जलवायु परिवर्तनको प्रभावले यही वर्ष दुई पटक वर्षा र बाढीका कारण ठूलो जनधनको क्षति व्यहोर्नु परेको बताउँदै मन्त्री भुसालले इलाम नगरपालिका र माईजोगमाई गाऊँपालिकाले आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना गरी जोखिम न्यूनीकरणमा खेलेको भूमिकाको प्रशंसा गरिन् । ‘पूर्वसूचना प्रणालीले प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न सहयोग गर्ने विश्वास लिएकी छु’, मन्त्री भुसालले भनिन्, ‘साथै, पूर्वसूचना प्रणाली स्थापना गर्ने कार्य अन्य जलविद्युत् आयोजनाहरूले समेत अवलम्बन गरेको खण्डमा, सोबाट आयोजनाका साथै स्थानीय समूदायलगायत सबैलाई फाइदा पुग्नेछ ।’ मन्त्री भुसालले उत्पादित विद्युतलाई देशभित्रै खपत बढाउन तथा छिमेकी राष्ट्रलाई निर्यात गर्न आवश्यक नीति नियम तथा वातावरण तयार गरी जलविद्युतको दीगो विकासका लागि निरन्तर प्रयास गरिरहेको पनि बताइन् ।

सम्बन्धित सामग्री

जलवायु परिवर्तन र वातावरणका मुद्दामा शीर्ष दल एकै ठाउँमा

जलवायु परिवर्तन र वातावरणका मुद्दामा प्रमुख दलका घोषणापत्रमा एकै ठाउँमा उभिएको पाइएको छ।

जलवायु परिवर्तन अमेरिकी द्वन्द्वको पासोमा नपरोस्

इजिप्टको सर्म एल–सेख सहरमा ६ नोभेम्बरदेखि १८ नोभेम्बरसम्म राष्ट्र संघीय जलवायु परिवर्तन (कोप २७) सम्मेलन भइरहेको छ । ग्लासगो जलवायु परिवर्तन सम्मेलनपछि जलवायुसम्बन्धी मुद्दा झन्–झन् पेचिलो बनेर बढ्दै गएको छ र...

जलवायु परिवर्तन सम्बोधनमा सहकार्य

ऐनले जलवायु परिवर्तन तथा वातावरण संरक्षणका लागि प्रधानमन्त्रीको अध्यक्षतामा परिषद् गठनको व्यवस्था गरे पनि ऐन बनेको लामो समय बित्दा पनि यसले पूर्णता पाएको थिएन। गत भदौ २१ गते सरकारले यो परिषद्मा रिक्त सदस्य नियुक्त गरेको थियो।...

जलवायु परिवर्तन तथा विकास प्रतिवेदन सार्वजनिक

विश्व बैंकले नेपालका लागि जलवायु परिवर्तन तथा विकास प्रतिवेदन (सिसिडिआर) बिहीबार सार्वजनिक गरेको छ।...

जलवायु परिवर्तन व्यवस्थापन परिषदको विज्ञ सदस्यमा रेग्मी

काठमाडौं, २८ भदौ । सरकारले वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषदले पूर्णता पाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले परिषदको विज्ञ सदस्यमा डा.बिमल रेग्मीलाई नियुक्त गरेका हुन्। वातावरण संरक्षण ऐन २०७६ को दफा ३२ मा राष्ट्रिय परिषद गठन गर्ने व्यवस्था रहेको छ । परिषदको अध्यक्षमा प्रधानमन्त्री रहने व्यवस्था छ । जलवायु परिवर्तन तथा अनकुलनमा […]

जलवायु परिवर्तन व्यवस्थापन परिषद्ले पायो पूर्णता

वातावरण संरक्षण ऐन २०७६ ले जलवायु परिवर्तन तथा वातावरण संरक्षणका लागि प्रधानमन्त्रीको अध्यक्षतामा परिषद्को गठन गर्ने व्यवस्था गरे पनि ऐन बनेको ३ वर्षसम्म परिषद्ले पूर्णता पाएको थिएन।...

‘नेपालले चाँडै जलवायु परिवर्तन संकट घोषणा गर्छ’

काठमाडौँ- वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपालले पनि चाँडै जलवायु परिवर्तन संकट घोषणा गर्ने बताएका छन् । मंगलबारदेखि काठमाडौँमा ओआरएफको सहयोगमा आइएसएसआरको आयोजनामा सुरु भएको ‘क्लाइमेट एक्सन च्याम्पियन्स नेटवर्क’ (सीएसीएन) परियोजना अन्तर्गतको दुई दिने सम्मेलनको उद्घाटन गर्दै वनमन्त्री यादवले जलवायु परिवर्तनको विश्वव्यापी संकटविरुद्ध नेपालले पनि चाँडै जलवायु परिवर्तन संकट घोषणा गर्ने बताएका हुन् । जलवायु […]

जलवायु परिवर्तन न्यूनीकरणका उपाय

आज जलवायु परिवर्तन विश्वव्यापी चुनौती एवं समस्याको रूपमा विद्यमान छ । वातावरण विनाश हुनाले यस्तो भएको हो । वस्तुतः जलवायु परिवर्तनले यस धरतीमा रहेका विभिन्न तŒवहरूलाई असर पारिरहेको छ, जसले गर्दा यहाँका वनस्पति तथा सम्पूर्ण जीवित प्राणीहरूको अस्तित्वमा शङ्का उब्जेको छ । त्यसैले जलवायु परिवर्तन न्यूनीकरण आजको आवश्यकता हो, जसका लागि सर्वप्रथम त स्थानीय निकायहरूको […]

कृषि, किसान र जलवायु परिवर्तन

वर्तमानमा कृषि, किसान र जलवायु परिवर्तन संसारभर सबैभन्दा ठूलो चासोको विषय हो । अहिले विश्वभर करिब एक अर्ब मानिस क्रोनिकल हंगर (गम्भीर भोकमरी) बाट गुज्रिरहेका छन् । नेपाल कृषिप्रधान देश भनिए पनि...