नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीति तयार गर्दैछ । मौद्रिक नीति तयारीको करिब अन्तिम चरणमा प्रवेश गरिसकेको बैंकले जनाएको छ । तर, यता सरोकारवाला पक्षहरू भने मौद्रिक नीतिलाई नै लिएर भयभीत हुन थालेका छन् । सांसद, गैरसांसददेखि उद्योगी व्यवसायी तथा लगानीकर्ताहरू राष्ट्र बैंकले कस्तो खालको मौद्रिक नीति ल्याउने हो र त्यसले मुलुकको आर्थिक स्थायित्व, समस्या निराकरण गर्ने हो की होइन भन्ने चिन्तामा छन् । भने यता धितोपत्र (सेयर) लगानीकर्ताहरू मौद्रिक नीतिले आफू अनुक