असार १, पर्वत । निरन्तरको वर्षाका कारण पहिरो खसेर मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर पूर्ण रुपमा अबरुद्ध भएका छन् ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वतको कुश्मा नगरपालिका १ सहस्रधारामा ठूलो पहिरो झरेर सडक अबरुद्ध भएको हो ।निरन्तर पहिरो झरिरहेको र वर्षा नरोकिएकाले पहिरो पन्छाउन समस्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक विश्वराज अधिकारीले जानकारी दिए ।
कालीगण्डकी करिडोर अन्तर्गत फर्से, लामाखेत र केराबारीमा पहिरो झरेर सडक अबरुद्ध भएको उनले बताए ।कालीगण्डकी करिडोरको पहिरो पन्छाउन म्याग्दीबाट प्रहरीको टोली परिचालन भएको छ ।
मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर बन्द हुँदा पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ जिल्लाको यातायात सेवा पूर्ण रुपमा बन्द भएको छ । बैकल्पिक सडक नहुँदा तिनै जिल्लाको यातायात सेवा पूर्ण रुपमा अबरुद्ध भएको हो ।