बागलुङ : फोहोरको डङ्गुरले कालीगण्डकी करिडोर दुर्गन्धित बनाएको छ। बागलुङ बजार क्षेत्रबाट उठाइएको फोहोर अव्यवस्थित रुपमा कालीगण्डकी करिडोर छेउमा थुपार्दा करिडोरका यात्रुलाई समस्या भएको छ। सडक छेउमा अस्तव्यस्त रुपमा रहेको फोहोरले यात्रु पिरोलिएका छन्।बागलुङ नगरपालिकाले चीन-भारत जोड्ने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरको मालढुङ्गामा जारको फोहोर थुपार्दै आएको छ। अव्यवस्थित रुपमा थुपारिएको फोहोरले यात्रु तथा स्थानीयले समस्या भोग्दै आएका छन्। यही सडकमार्फत दैनिक सयौँ यात्रु ओहोरदोहोर गर्छन