पाल्पा – विवादका कारण रोकिएको कालीगण्डकी करिडोर सडक निर्माण कार्य अघि बढेको छ। करिब तीन वर्षदेखि कालीगण्डकी करिडोर सडकअन्तर्गत पर्ने रामपुर नगरपालिका–५ स्थित मटेरी ठूलोटारमा स्थानीयको विवादले सडक निर्माण रोकिएको थियो। राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको सो सडकसँग जोडिएका स्थानीयको विवादका कारण सडक निर्माणले गति लिन सकेको थिएन। सार्वजनिक जग्गा संरक्षण पक्ष र सो क्षेत्रमा […]