सरकारसँग ६ बुँदे सहमति गरी चिकित्सकहरुले गरे आन्दोलनका कार्यक्रम स्थगित

काठमाडौं, २९ माघ। नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरी सुरु गरेको आन्दोलन स्थगित गरेको छ। सरकारसँग ६ बुँदे सहमति गरी संघले आजबाट सुरु भएको आन्दोलन स्थगित गरेको हो। शुक्रबार राष्ट्रपतिको सवारीको समयमा प्रहरीबाट चिकित्सक कुटिएपछि संघले आन्दोलनको घोषणा गरेको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सरकार र संघका पदाधिकारीबीच भएको वार्तामा ६ बुँदे सहमति भएको हो।

सम्बन्धित सामग्री

बीपी प्रतिष्ठान र आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति, आन्दोलन स्थगित

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रतिष्ठानका आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति भएको छ। यो सहमतिसँगै चिकित्सक, शिक्षक तथा कर्मचारीको आन्दोलन टुङ्गिएको छ।

सरकार र चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

सुरक्षित कार्यस्थलको माग राख्दै आन्दोलनमा रहेको ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’सँग उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा भएको वार्ताबाट ६ बुँदे सहमति भएको हो।

डाक्टरहरुको प्रश्नः त्रासमा कसरी सेवा दिने ?

काठमाडौं, २९ माघ। नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरी सुरु गरेको आन्दोलन स्थगित गरेको छ। सरकारसँग ६ बुँदे सहमति गरी संघले आजबाट सुरु भएको आन्दोलन स्थगित गरेको हो। शुक्रबार राष्ट्रपतिको सवारीको समयमा प्रहरीबाट चिकित्सक कुटिएपछि संघले आन्दोलनको घोषणा गरेको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सरकार र संघका पदाधिकारीबीच भएको वार्तामा ६ बुँदे सहमति भएको हो।

बयलवास घटनाका पीडित र स्थानीय प्रशासनबीच ६ बुँदे सहमति, आन्दोलन फिर्ता

सर्लाही– सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलवासमा प्रहरी भ्यानको ठक्करबाट एक स्थानीयको मृत्युको विषयमा दुई पक्षबीच सहमति भएको छ । बुधबार दिनभरको प्रयासपछि अबेर पीडित पक्ष सहमतिमा आएको हो । छलफलबाट दुई पक्षबीच ६ बुँदे सहमति भएको जिल्ला प्रशासन कार्यलयले जनाएको छ । सहमतिसगैँ तीन दिनदेखि लगातार तनावको स्थिति साम्य भएको छ । लालबन्दी नगरपालिकास्थित ईलाका प्रहरी […]