काठमाण्डाै – चालु आर्थिक वर्षको सात महिनामा नेपालको वैदेशिक व्यापार घाटा १० खर्ब रुपैयाँ नाघेको छ । भन्सार विभागले आज मङ्गलवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार सात महिनामा नेपालको व्यापार घाटा १० अर्ब १५ अर्ब ८० करोड रुपैयाँ पुगेको छ ।
सात महिनामा ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाख रुपैयाँभन्दा धेरैको विदेशी वस्तु नेपाल आयात भएको छ भने नेपालबाट जम्मा एक खर्ब ३१ अर्ब ६५ करोड ६० लाख रुपैयाँ बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । सात महिनामा आयात ४२ दशमलव ७८ प्रतिशतले र ८८ दशमलव ३० प्रतिशतले स्वदेशी वस्तुको निर्...