टेलिकमका कर्मचारीको आन्दोलन १२औँ दिनमा

काठमाडौँ । कर्मचारीको सेवा सुविधा र वृत्ति विकासको माग गर्दै नेपाल टेलिकमका कर्मचारीले विगत १२ दिनदेखि भद्रकालीस्थित केन्द्रीय कार्यालयको मूल ढोका अगाडि धर्ना दिँदै आएका छन् । साविकको कर्मचारी विनियमावली २०६१ मा रहेको तह १० मा आठ वर्ष र तह ११ मा पाँच वर्षको सेवा अवधि पूरा भएपछि स्वतः अवकाश हुने (क्यापिङ) सम्बन्धी व्यवस्था यथावत् […]

सम्बन्धित सामग्री

टेलिकमकै कर्मचारी प्रबन्ध निर्देशक बनाउन माग गर्दै कर्मचारी आन्दोलित

काठमाडौं, २३ चैत्र । नेपाल टेलिकमका कर्मचारी बुधबार आन्दोलनमा उत्रेका छन् । टेलिकम भित्रकै कर्मचारीलाई प्रबन्ध निर्देशक बनाउन पर्ने माग गर्दै कर्मचारीहरु आन्दोलित भएका हुन् । आज नेपाल टेलिकम वर्कश युनियनले केन्द्रीय कार्यालमा खबरदारी सभाको आयोजनमा समेत गरेको थियो । टेलिकमकै वरिष्ठ कर्मचारीलाई नै प्रबन्ध निर्देशकमा नियुक्त गर्न कर्मचारीको माग रहेको छ । प्रबन्ध निर्देशक […]

नेपाल टेलिकमको बोनस रोक्न कर्मचारीको माग

काठमाडौं । नेपाल टेलिकमका कर्मचारी युनियनहरुले टेलिकमको पूँजी बढाउनेगरि बोनस शेयर रोक्न माग गरेका छन् । नेपाल टेलिकमले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस शेयर बाँड्ने प्रस्ताव ल्याएपछि कर्मचारीहरु त्यसको विरोधमा उत्रिएका हुन् । नेपाल दुरसंचार राष्ट्रिय कर्मचारी संगठनले संचालक समितिको बैठकले २० प्रतिशत बोनस शेयर दिएर टेलिकमको पूँजी १८ अर्ब पुर्याउन खोजेको भन्दै विरोध भएको […]

टेलिकम कर्मचारीको आन्दोलन स्थगित

काठमाडौं । साउन पहिलो सातादेखि विभिन्न माग राखेर नेपाल टेलिकमको मुख्यालय घेराउ गर्दै आएका टेलिकमका कर्मचारीले आन्दोलन रोकेका छन् । टेलिकमका कर्मचारी र व्यवस्थापनबीच १९ बुँदे सहमति भएसँगै टेलिकममा क्रियाशील तीन वटा ट्रेड युनियनहरुले आजैदेखि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका हुन् । शनिबार व्यवस्थापनसँग भएको सहमतिलाई अनुमोदन गर्नेदेखि आगामी रणनीति तय गर्न अहिले ट्रेड युनियनहरुको […]

२९ बुँदे सम्झौता भएसँगै नेपाल टेलिकममा कर्मचारीको आन्दोलन स्थगित

काठमाडौँ । एक महिनाभन्दा लामो समयसम्म चलेको नेपाल टेलिकमका कर्मचारी आन्दोलन स्थगित भएको छ । शुक्रवार राति कम्पनीको व्यवस्थापन पक्ष, कर्मचारी युनियन र सञ्चार मन्त्रालयको समन्वयमा २९ बुँदे सम्झौता भएसँगै आन्दोलन स्थगित भएको हो ।

विनियमावली संशोधनको माग राख्दै ३५ दिनदेखि आन्दोलनमा टेलिकमका कर्मचारी

नेपाल टेलिकमका कर्मचारी आन्दोलनमा उत्रिएको एक महिनाभन्दा बढी भएको छ । उनीहरु ‘कर्मचारी विनियमावली, २०६१’ संशोधनको मागसहित ३५ दिनदेखि निरन्तर आन्दोलनमा छन् ।उक्त विनियमावलीले कर्मचारीको बढुवामा असर गर्ने भन्दै महिना दिनभन्दा बढी समयदेखि आफ्नो काम छाडेर कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । ट्रेड युनियनको नेतृत्वमा कर्मचारी आन्दोलनमा उत्रिएको ३५ दिन भइसक्दा पनि विरोधका कार्यक्रम रोकिने छाँट देखिएको छैन ।आन्दोलनरत कर्मचारीले आफुहरुको माग पुरा नभए देशव्यापी आन्दोलनमा उत्रिने चेतावनी दिइरहेक

आफ्ना मागहरु बेवास्ता गरिएको भन्दै टेलिकमका कर्मचारी आन्दोलित

काठमाडौँ– कर्मचारीको हक र हित विपरित नयाँ नियमावली लागू गरेको भन्दै नेपाल टेलिकमका कर्मचारी आन्दोलित भएका छन् । विभिन्न चरणको आन्दोलन  गर्दै आएका उनीहरुले बुधबार टेलिकमको कार्यालयमा धर्ना बसेका हुन् । २०६१ को विनियमावली परिवर्तन गरेर नयाँ जारी गर्दा खाइपाइ आएको सेवासुविधा कटौती भएको भन्दै कर्मचारीले कार्यालय हाताभित्रै विरोध जनाएका हुन् । आफ्ना मागबारे व्यवस्थापन […]

नयाँ विनियमावलीको विरोधमा टेलिकमका कर्मचारी

सरकारी स्वामित्वमा रहेको नेपाल टेलिकमका कर्मचारी युनियनहरुले नयाँ विनियमावली संशोधन नगरेसम्म प्रबन्ध निर्देशक (एमडी) डिल्लीराम अधिकारीलाई कार्यालय प्रवेश गर्न नदिने चेतावनी दिएका छन् ।आफ्नो स्वार्थका लागि कर्मचारीको हक हितविरुद्ध हुने गरी नयाँ विनियमावली ल्याएको दावी गर्दै सो विनियमावली संशोधन नगरेसम्म एमडी अधिकारीलाई कार्यालय प्रवेश गर्न नदिने प्रतिक्रिया दिएका हुन् ।४ दिनयता कर्मचारीले विनियमावलीको विरोधमा टेलिकम […]