काठमाडौं : साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा भारत बंगलादेशसँग बराबरीमा रोकिएको छ। साेमबार साँझ भएको खेलमा सात पटकको च्याम्पियन भारत १० खेलाडीमा सीमित बंगलादेशसँग १-१ गोल अन्तरको बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको हो। भारतले सुरुवाती अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो। भारतका लागि कप्तान सुनिल क्षेत्रीले २६ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। खेलको ७४ मिनेटमा बंगलादेशका यासिन अराफ्तले बराबरी गोल गरेका थिए। दोस्रो हाफको ५४ मिनेटमा बंगलादेश १० खेलाडी