सत्तारुढको सूचीमा रास्वपाको १३१ दिन : न सत्तामा जाँदा जवाफ न समर्थन फिर्ता लिँदा नै, चर्चा चुलिँदा उपलब्धि कति?

काठमाडौं : यस पटकको प्रतिनिधि सभा निर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ४२ दिन सरकारमा सहभागी भयो। पुस १० गठन भएको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सभापति रवि लामिछाने उप प्रधानसहित प्रवेश गरे। गृह मन्त्रालयको जिम्मेवारी लिँदै सत्ता यात्रा सुरु भएको थियो रास्वपाको। लामिछानेको मन्त्री पद एक महिना (३३ दिन)…

सम्बन्धित सामग्री

कर्णालीका मुख्यमन्त्री शर्माले शुक्रबार विश्वासको मत लिने

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार फेरि विश्वासको मत लिँदैछन् । सत्तामा सहभागी दलमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । शर्मा गत पुस २७ गते कर्णालीको तेस्रो मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

आफ्नै निर्णयबाट पछि हट्यो राप्रपा, एमालेको साथ छोड्न आनाकानी

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले फागुन १३ गते संघ र प्रदेश सरकारबाट बाहिरिने निर्णय गर्‍यो। सोही दिन बसेको केन्द्रीय कार्यसम्पादन र संसदीय दलको बैठकले पुस १० गतेको सहमतिविपरीत सत्ता समीकरण परिवर्तन भएकाले सरकारबाट बाहिरिने लिखित निर्णय नै गर्‍यो। ‘परिवर्तित सन्‍दर्भमा राप्रपा सत्तामा रहिरहनु अनुपर्युक्त हुने ठहर गर्दै आजबाटै सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारबाट बाहिरने निर्णय गरेका छौँ। साथै प्रदेशसरकारमा पनि राप्रपाको यसै बमोजिमको दृष्टिकोण रहेकाले प्रद

यस्तो दोष लगाउँदै सरकारबाट बाहिरियो राप्रपा

‘परिवर्तित सन्दर्भमामा राप्रपा सत्तामा रहिरहनु अनुपयुक्त हुने ठहर गर्दै आजैबाट सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारवाट बाहिरिने निर्णय गरेका छौं,’

सत्तामा रहन बेइमानीका खातैखात

नेपालको संविधान २०७२ को धारा ७६(५) अपवाद धारा हो । यो संसद् विघटनबाट जोगाउने धारा हो । यो धारा संसदीय व्यवस्था भएका मुलुकमा सोझै लेखेको छैन । बेलायत पनि संसद् विघटन सम्बन्धमा प्रधानमन्त्रीलाई अन्तरनिहीत अधिकारबाट पछि हटिसकेको छ । यो धारा सामान्यतः प्रयोग गर्ने धारा होइन । यो धारा यदि प्रधानमन्त्रीले संसद् विघटन गर्ने उद्देश्यसहित राष्ट्रपतिलाई समेत गलफतमा पारेर विघटन गराउने कार्यमा अग्रसर नभएको भए प्रयोग नै हुँदैनथ्यो । किनभने उपधारा २ को गठबन्धन सरकारबाट अर्को दलले समर्थन फिर्ता लिएपछि विश्वासक