काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले फागुन १३ गते संघ र प्रदेश सरकारबाट बाहिरिने निर्णय गर्यो। सोही दिन बसेको केन्द्रीय कार्यसम्पादन र संसदीय दलको बैठकले पुस १० गतेको सहमतिविपरीत सत्ता समीकरण परिवर्तन भएकाले सरकारबाट बाहिरिने लिखित निर्णय नै गर्यो। ‘परिवर्तित सन्दर्भमा राप्रपा सत्तामा रहिरहनु अनुपर्युक्त हुने ठहर गर्दै आजबाटै सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारबाट बाहिरने निर्णय गरेका छौँ। साथै प्रदेशसरकारमा पनि राप्रपाको यसै बमोजिमको दृष्टिकोण रहेकाले प्रद