काठमाडौँ : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाली युवालाई भाडाका सेना बनाएको भन्दै आपत्ति प्रकट गरेका छन्।बिहीवार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो आपत्ति जनाएका हुन्। उनले नेताका छोराछोरी बचाएर जनताका छोराछोरीलाई विदेशमा भाडाका सेना बनाउने काम भइरहेको भन्दै विरोध गरे।भाडाका सैनिक बनाउने अवस्था अन्त्य गर्न नसक्ने हो भने प्रधानमन्त्रीका छोराछोरीदेखि सर्वसाधारण जनताका छोराछोरीलाई भाडाको सिपाही बनाउनुपर्छ भनेर सा