कोटेश्वरमा घरको छतबाट खसेर एक जनाको मृत्यु

काठमाडौं महानगरपालिका–३२ कोटेश्वर सहयोगीनगरस्थित आफ्नै घरको दुई तला माथिबाट चिप्लिएर भुइँमा लड्दा एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा ५६ वर्षीय चित्र बहादुर तामाङ रहेका छन् । बिहीबार बिहान चिप्लिएर भुइँमा लडी गम्भीर घाइते भएका उनको सिभिल अस्पताल नयाँ बानेश्वरमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित सामग्री

रवि लामिछानेका गाडी चालक घरको छतबाट खसेर घाइते

चितवन - राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका गाडी चालक घरको छतबाट खसेर घाइते भएका छन् । आज बिहान ४ बजे भरतपुर-११ मा रहेको लामिछानेको घरको छतबाट खसेर सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका ३९ वर्षका शम्भु भनिने दिलबहादुर थापा घाइते हुनुभएकाे जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । गोडामा र टाउकोमा चोट लागेका थापाकाे  पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाको अनुसन्धान भइरहेको छ ।

आफ्नै घरको छतबाट खसेर युवकको मृत्यु

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ६ मिल रोडमा आफ्नै घरको छतबाट खसेर एक जना युवकको ज्यान गएकाे छ।...

घरको छतबाट खसेर २ वर्षीया बालिकाको मृत्यु

१८ कात्तिक, वीरगञ्ज । वीरगञ्जमा घरको छतबाट खसेर एक बालिकाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नं. १ छपकैया बस्ने मुकेश ठाकुरको छोरी २ वर्षीया सजना ठाकुरको मृत्यु भएको हो । बिहान साढे ११ बजे सजना छतको बाल्कोनीमा खेलिरहेकी थिइन् । सोही क्रममा अनियन्त्रीत भई अचानक जमिनमा खसेर टाउकोमा चोट लागेर गम्भिर घाईते भएकी […]

घरको छतबाट खसेर बालकको मृत्यु

रौतहटको दक्षिणीभेग राजपुर नगरपालिकामा घरको छतबाट खसेर एक बालकको मृत्यु भएको छ। राजपुर–५ निवासी झुनु साहका तीन वर्षीय छोरा शिवजी साह आफ्नै घरको छतबाट खसेका थिए ।उनको उपचारको कर्ममा मृत्यु भएको स्थानीय एमाले नेता किरण साहले  बताएका छन् । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

रौतहटमा घरको छतबाट खसेर एक बालकको मृत्यु

रौतहट, राजपुर–५ निवासी झुनु साहका तीन वर्षीय छोराको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको छ। उपचारको क्रममा मृत्यु भएका बालकको जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा थप अनुसन्धान भइरहेको छ ।

एक्लै बस्दै आएका पुरुषको घरको छतबाट खसेर मृत्यृ

काठमाडौं, १६ जेठ । काठमाडौंको लाजिम्पाटमा एक पुरुषको घरको छतबाट खसेर मृत्यु भएको छ । छतबाट खसेर ६४ वर्षीय महेश पन्तको मृत्यु भएको प्रहरीले जनाएको छ । पन्त घरमा एक्लै बस्दै आएका थिए । उनका श्रीमती र छोरा थाइल्याण्ड बस्दै आएका छन् ।

लाजिम्पाटमा घरको छतबाट खसेर एकजनाको मृत्यु

१६ जेठ, काठमाडौं । काठमाडौं-२, लाजिम्पाटमा घरको छतबाट खसेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६४ वर्षीय महेश पन्त रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले अनलाइनखबरलाई बताए । घरमा एक्लै बस्दै आएका उनको घरमा भित्रबाट चुकुल लगाइएको थियो । ‘खसेको जस्तो देखिएको छ, अन्य व्यक्ति भित्र प्रवेश गरेको देखिँदैन’ मैनालीले भने, ‘थप […]

भक्तपुरमा घरको छतबाट खसेर एकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–८ लिवालीमा आफ्नै ५ तले घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । सोमबार साँझ सवा ७ बजे पाँच तलामाथिको छतबाट खसेर ४४ वर्षीय लक्ष्मीसुन्दर कुसाथाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । छतबाट खसेपछि उपचारका लागि मध्यपुर अस्पताल थिमि लगिएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको परिसरका सुचना अधिकारी […]

घरको छतबाट खसेर वृद्धको मृत्यु

अर्घाखाँचीको सन्धिखर्कमा घरको छतबाट खसेर एक वृद्धको  मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार सन्धिखर्क नगरपालिका वडा नम्बर–१, शान्तिबगैंचाका ९२ वर्षिय खिमानन्द पौडेलको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको हो । आज बिहान छतबाट खसेका पौडेलको घटनास्थलमै मृत्यु भएको  प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक गणेश खनालले घटनाबारे थप अनुसन्धान भइरहेको  बताए । शव पोस्टमार्टमको लागि अर्घाखाँची अस्पताल लगिएको छ ।

पोखरामा घरको छतबाट खसेर महिलाको मृत्यु

पोखरा । पोखरामा घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । काठमाण्डौ घरभई पोखरा  न्यूरोडस्थित डेरा गरी बस्ने ३५ वर्षीया चन्द्रलक्ष्मी श्रेष्ठको आइबार घरको छतबाट खसेर मृत्यु भएको हो । साढे २ तले पक्की घरको छतबाट खसेर गम्भीर घाइते भएकी  श्रेष्ठको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए । घटनाका बारेमा अनुसन्धान भइरहेको उनले बताए ।