घरको छतबाट खसेर वृद्धको मृत्यु

अर्घाखाँचीको सन्धिखर्कमा घरको छतबाट खसेर एक वृद्धको  मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार सन्धिखर्क नगरपालिका वडा नम्बर–१, शान्तिबगैंचाका ९२ वर्षिय खिमानन्द पौडेलको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको हो । आज बिहान छतबाट खसेका पौडेलको घटनास्थलमै मृत्यु भएको  प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक गणेश खनालले घटनाबारे थप अनुसन्धान भइरहेको  बताए । शव पोस्टमार्टमको लागि अर्घाखाँची अस्पताल लगिएको छ ।  

सम्बन्धित सामग्री

लाजिम्पाटमा घरको छतबाट खसेर ६४ वर्षीय वृद्धको मृत्यु

काठमाडौँ । लाजिम्पाटमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६४ वर्षीय महेश पन्त रहेको प्रहरीले जनाएको छ । घरमा एक्लै बस्दै आएका उनको घरमा भित्रबाट चुकुल लगाइएको थियो । मृतक पन्तकी श्रीमती र छोरा थाइल्याण्डमा बस्दै आएका छन् ।

ठमेलमा १० तले घरको छतबाट खसेर वृद्धको मृत्यु

काठमाडौं । काठमाडौंको ठमेलमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । ठमेल नरसिंह चोक बस्ने ६२ वर्षीय न्हुछे नारायण महर्जनको आफ्नै घरको छतबाट खसेर मंगलबार दिउँसो मृत्यु भएको हो । आफ्नै १० तले घरको छतमा पानी ट्याङ्की राख्ने ठाउँ हेर्न जाने क्रममा छतबाट चिप्लिएर भुईमा खस्दा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा […]

छतबाट खसेर एक वृद्धको मृत्यु

अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिकामा घरको छतबाट खसेर एक वृद्धको ज्यान गएको छ । सन्धिखर्क नगरपालिका वडा नम्बर–१, शान्तिबगैंचाका ९२ वर्षीय खिमानन्द पौडेलको बुधबार आफ्नै घरको छतबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।