वार्षिकोत्सव विशेषांकमा छाप्नको लागि धितोपत्र बोर्डले माग्यो लेख रचना

नेपाल धितोपत्र बोर्डले वार्षिकोत्सवमा प्रकाशित हुने विशेषांकमा छाप्नको लागि लेख रचना पठाउन आग्रह गरेको छ । बोर्डले धितोपत्र बजार, पुँजी बजार, मुद्राबजार तथा अर्थतन्त्रसँग सम्बन्धित,तथ्यपरक लेख रचना पठाउन आग्रह गरेको हो ।  बोर्डले लेख रचना कम्तिमा २ हजार शब्द हुनु पर्ने र  नेपाल वा अंग्रेजी माध्यममा हुन् सक्ने जनाएको छ । बोर्डले research@sebon.gov.np मा बैशाख मसान्त भित्र लेख रचना पठाउन आग्रह गरेको हो। पठाउने रचना अन्यन्त्र प्रकाशित नभएको र प्रकाशनको लागि नपठाईएको हुनु पर्ने बोर्डले जनाएको छ । बोर्डद्वारा जारी सूचनामा भनिएको छ 'बोर्डको बार्षिकोत्सवको अवसरमा नियमितरुपमा धितोपत्र बजार, पुँजी बजार, मुद्रा बजार तथा अर्थतन्त्रसंग सम्बन्धित तथ्यपरक तथा विष्लेषणात्मक लेख/रचना समावेश गरी लेख विशेषाङ्क प्रकाशन गरिदै आएको व्यहोरा सबैलाई विदितै छ। उक्त सम्बन्धमा आगामी जेष्ठ २५ देखि बोर्ड ३०औं वर्षमा प्रवेश गर्ने हुँदा सो अवसरमा 'नेपाल धितोपत्र बोर्ड, बार्षिकोत्सव लेख विशेषाङ्क, २०७९' प्रकाशन गरिने भएकोले यस क्षेत्रसंग सम्बन्धित तथ्यपरक तथा विष्लेषणात्मक लेख/रचना (नेपाली वा अङ्ग्रेजी भाषामा, कम्तीमा २००० शब्द, प्रिती वा Times New Roman फन्टमा टाइप गरी) यहि मिति २०७९ बैशाख मसान्तसम्ममा research@sebon.gov.np मा पठाउनु हुन अनुरोध गरिन्छ। साथै, लेख रचना अन्यत्र प्रकाशित नभएको तथा प्रकाशनको लागि पेश समेत नगरिएको हुनु पर्नेछ तथा लेख/रचना प्रकाशन गर्ने वा नगर्ने सम्पूर्ण अधिकार बोर्डमा रहनेछ व्यहोरा समेत अनुरोध छ।'

सम्बन्धित सामग्री

केयर रेटिङस् नेपाललाई धितोपत्र बोर्डले गर्‍यो कारबाही

काठमाडौं– नेपाल धितोपत्र बोर्डले स्वार्थ बाझिने रेटिङ गरेको भन्दै केयर रेटिङस् नेपाललाई कारबाही गरेको छ । २ असोज मंगलबार बसेको नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले केयर रेटिङ्सलाई नगद जरिवाना गराएको धितोपत्र बोर्ड स्रोतले जनाएको हो । नियमविपरीत स्वार्थ बाझिने रेटिङ गरेको पुष्टि भएपछि बोर्डले कम्पनीलाई ५० हजार रूपैयाँ नगद जरिवाना गरेको हो । विशाल […]

हाइड्रोपावर कम्पनीको सेयर संरचना अध्ययन गर्दै धितोपत्र बोर्ड

२७ वैशाख, काठमाडौं । नेपाल धितोपत्र बोर्डले जलविद्युत समूहको संगठित संस्थाहरूको सेयर संरचनाको अध्ययन गर्न समिति गठन गरेको छ । १९ चैतमा बसेको बोर्ड बैंठकले उक्त निर्णय गरेको बोर्डले जनाएको छ । धितोपत्र बोर्डको सञ्चालक बोर्डमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि सहसचिव फणिन्द्र गौतमको संयोजकत्वमा समिति गठन गरेको बोर्डले जनाएको छ । जलविद्युत […]

धितोपत्र बोर्डले माग्यो कर्मचारी(सूचनासहित)

काठमाडौँ – नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कर्मचारी माग गरेको छ । बोर्डले एक सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत दरखास्त खुलाएको हो । जसअनुसार निर्देशक, सहायक निर्देशक र वरिष्ठ सहायक पदका लागि २३ जना कर्मचारी माग गरिएको छ । बोर्डले निर्देशक पदमा ४ जना, सहायक निर्देशक पदमा १६ जना र वरिष्ठ सहायक […]

धितोपत्र बोर्डले क्षतिपूर्ति कोष सञ्चालनमा ल्याउने

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पुँजी बजार क्षतिपूर्ति कोष सञ्चालनमा ल्याउने भएको छ । बोर्डले धितोपत्र बजारका लगानीकर्ताहरुलाई हुन सक्ने सम्भावित क्षतिबाट जोगाउन वा सुरक्षण प्रदान गर्न यस्तो व्यवस्था गर्न लागेको हो । बिहीबार आर्थिक वर्ष २०७९/८० को धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोर्ड यस्तो योजना सुनाएको हो । क्षतिपूर्ति कोष सम्बन्धी नियमावली तर्जुमा गरी यसै वर्षभित्र कार्यान्वयनमा समेत ल्याउने बोर्डका अध्यक्ष रमेशकुमार हमालले जानकारी दिए ।यस्त

धितोपत्र बोर्ड नेतृत्वविहीन हुँदा नीतिगत समस्या

केही महिनादेखि धितोपत्र बोर्ड नेतृत्वविहीन बनेको छ । बोर्ड नेतृत्वविहीन बन्दा महिनौंदेखि बोर्डले गर्दै आएका काम–कारबाही ठप्प भएका छन् । हुन त अध्यक्षका लागि शुक्रबार पाँच जनाको नाम सिफारिस गरिसकिएको छ, तर अहिलेसम्मको अवस्था हेर्ने हो भने बोर्डको अध्यक्ष नहुँदा यसले बहुआयामिक रूपमा असर पारेको छ । एक त महिनौंदेखि प्राथमिक सेयर निष्कासन हुन पाइरहेको […]

धितोपत्र बोर्ड अध्यक्षका लागि पुनःआवेदन

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तका लागि दोस्रो पटक सूचना प्रकाशन गरेको छ ।अध्यक्ष नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले बिहिबार एक सूचना प्रकाशन गर्दै आवेदन माग गरेको हो । अर्थ मन्त्रालयअन्तर्गतको बोर्डले यसअघि गत ११ कात्तिकमा एक सूचना जारी गर्दै अध्यक्ष पदका लागि आवेदन खुला गरेको थियो । यसअघि खुला गरिएको […]

धितोपत्र बोर्ड अध्यक्षका लागि पुनःआवेदन मागियो, यसअघिको आवेदन रद्द

काठमाडौँ– सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तका लागि दोस्रो पटक सूचना प्रकाशन गरेको छ । अध्यक्ष नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले विहीबार एक सूचना प्रकाशन गर्दै सो पदका आवेदन माग गरेको हो । अर्थ मन्त्रालयअन्तर्गतको बोर्डले यसअघि गत कात्तिक ११ गते एक सूचना जारी गर्दै अध्यक्ष पदका लागि आवेदन खुला गरेको […]

धितोपत्र बोर्ड र सेयर बजारमा आन्दोलन गर्ने समूहबीच सहमति

धितोपत्र बोर्ड र सेयर बजारमा आन्दोलन गरिरहेको समूहबीच सहमति भएको छ । सेयर बजारका केही लगानीकर्ताहरुले पूँजीबजार सुधार संघर्ष समिति गठन गरेर आन्दोलनमा उत्रेका थिए । धितोपत्र बोर्डले समितिले पेश गरेको मागलाई ५ कार्यदिनभित्र नियम अनुसार बोर्डले अगाडि बढाउने सहमति भएको छ । संघर्ष समितिले अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा सहितको १८ वटा बुँदा माग राखेर आन्दोलनमा उत्रेका थिए ।