काठमाडौं : सरकार अहिले आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट निर्माणको प्रकृयामा रहेको छ। मन्त्रिपरिषद् विस्तार भएसँगै नयाँ मन्त्रीहरू आफूले सम्हालेको मन्त्रालयको बजेट तर्जुमा गर्दा नै परिणाम देखिने गरी कसरी काम गर्न सकिन्छ भनेर सोच्न थालेका छन्। कृषि तथा पशुपक्षी विकासमन्त्री डा वेदुराम भुसालले मंगलबार राष्ट्रियसभाको बैठकमा सांसदहरूसँग सुझाव मागे। त्यस क्रममा सांसदहरूले मलको हाहाकार हुन नदिन, देशलाई कृषिमा आत्मनिर्भर बनाउन, भारतबाट आयात भइरहेको विषादीयुक्त तरकारी र फलफूल रोक्न, स